
मुङ्लान पसेर निरेले उतै घरजम गरेपछि यता के भयो ?
लघुकथा
गौरीशंकर भण्डारी
लोकन्थली भक्तपुर ।
पहाडको सानु गाउँमा एक जना बुढीआमाको घर थियो ।
बुढीआमाको घरमा एउटी छोरी र छोरीका २ वटा छोराहरु बस्थे । बुढीआमाकी छोरीले दोस्रो विवाह गरेर अन्तै गइसकेकी थिइन् । उनका छोरा, आमाका नातिहरु दुवैजना बुढीआमासँग बस्ने गर्दथे ।
पहाडको ठाउँमा गरिब दुखीहरुको आम्दानी भनेकै खेती किसान र अन्य आम्दानी भनेको बाख्रो, पाठो, गाई र भैंसी पाल्ने हो । त्यसबाट आएको आम्दानीले आफ्नु घर चलाउन बाध्यता थियो । उक्त आम्दानीले खान मात्र ठिक्क ।
बुढीआमाको उमेर ७५ बर्ष भन्दा माथि नै भैसकेको थियोे ।
ठुलो नातिको नाम निरे र सानाको बिरे थियो । आमाले दोस्रो विवाह गर्दा निरे १३ बर्षको थियो र बिरे ६ बर्षको । घरको आर्थिक अवस्था ज्यादै कमजोर थियो ।
निरे घरको आर्थिक अवस्था बुझ्ने भैसकेको र कसरी घरको आर्थिक मजबुत बनाउने भन्नेमा चिन्तित थियो । आफ्नु घरको अवस्थालाई दृष्टिगत गरी निरेले मुग्लान जाने विचार गरेर हजुरआमासँग भनेछ ।
हजुरआमाले जा भनेर बिदा दिनुभयो ।
निरेले मुङ्लान पसेपछि घर र भाइ बिर्सेर उतै घरजम र बसोबास गरे छ । यता घरमा बुढीआमाको अवस्था दिनप्रतिदिन चिन्ताजनक हुँदै गएर हजुरआमा परलोक हुनुभएछ ।
गाउँको बसाइ । त्यो ६ बर्षको बच्चालाई के भयो होला । उनीहरुको केहि चलअचल सम्पत्ति पनि थियो होला ।
यो कथामा बिरे कान्छाको भन्दा पनि एकल महिलाको मजबुरी कल्ले थाहा पाउँला गाँठे । त्यति बेलाका सामन्तहरुले हुर्किएका छोरी बुहारीलाई हेर्ने दृष्टिकोण कस्तो थियो ?
यो कथामा ५० बर्ष पहिलेको नेपाली समाजमा जरा गाडेर बसेको सामन्ती संस्कारलार्इ समेटिएको छ र पहाडी भूगोलको एकल महिलाको वास्तविक दर्दनाक अवस्थालाई जोड्न खोजिएको छ । २ वटा छोरा पाउने आमा तरुनी नै हुन्छन् । त्यो सामन्ती समाजका ठुलाबडाका छोरा भतिजाको तरुनी छोरी बुहारीलाई हेर्ने दृष्टिकोणको यथार्थ चित्रण साथै व्यंग्य गर्न खोजिएको छ कथामा । त्यति बेलाको सामाजिक बन्धन पनि कडा थियो । त्यति बेलाको समाजको परिपाटीलाई समेटन खोजिएको कथा हो यो । नेपालनाम्चाका पाठक हजुरलाई यो कथा कस्तो लाग्यो ? कमेन्ट गर्नु होला ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



