किन मलाई जिन्दगीले पटक पटक रुवाउँदै छ ?

कविता

सुप्रिया खनाल

जिन्दगी के हो भर्खर बुझ्दैछु
यो स्वार्थी दुनियाँ के हो,
स्वार्थी मान्छे
अनि यी स्वार्थी मन
हरेकले मेरो जिन्दगीसँग खेलवाड गर्दैछ
खोइ किन मलाई जिन्दगीले पटक पटक रुवाउँदै छ ?

हरेक बाधा अड्चनहरु आए
हजारौं पटक लडेँ
कयौ पटक उठेँ
कहिले हाँसेर रोएँ
अनि कहीं रोएर हासेँ
दुनियाँको अगाडि आफूलाई हरेक पटक मजबूत देखाएँ
आफूले ठाउँ नदिँदा नदिँदै
अनि मैले नचाहँदा नचाहँदै
खोइ किन मलाई जिन्दगीले पटक पटक रुवाउँदै छ ?

जो आफ्ना थिए, आफ्ना कहिल्यै भएनन्
अनि जसले आफ्ना जस्तो गर्थे
उनीहरुलाई आफ्ना मान्न कहिल्यै सकिएन
हरेक पटक हरेकलाई आँखा चिम्लेर विश्वास गरेँ
अनि विश्वासको बदला खुलेआम घात पाएँ
तर पनि म डगमगाउन चाहिनँ
म कति पनि विचलित भइनँ
म मुस्काउन चाहँदाचाहँदै पनि
खोइ किन मलाई जिन्दगीले पटक पटक रुवाउँदै छ ?

आफ्नाले नै जोडे अनि
आफ्नाले नै सीसासरी टुक्राए
अनि त्यही टुटेको सिसा जोड्न खोजें
आए केही दिन जिन्दगीमा
अनि सधैंको लागि बाटो मोड्न खोजे
हरेक कदममा साथ दिन्छु भन्नेले
दुःखमा साथ छोड्न खोजे
मलाई नै किन यस्तो हुँदैछ
खोइ किन मलाई जिन्दगीले पटक पटक रुवाउँदै छ ?

थाहा छ जिन्दगीको सुरुवात रुँदै भाको थियो
अनि अन्त्य पनि रुँदै नै हुनेछ
तर पनि कसैको अभावले मन दुख्छ
कसैको प्रभावले जिन्दगी बदलिन्छ
कसैलाई मनदेखि चाहुँ मनबाट नै निकालिदिए
फूल बनी बस्न चाहन्थेँ फोहोर भनी फालिदिए
म कसैको लायक नै छैन सायद
अब त हाँसोमा पनि आँशु नै झर्छ
खोइ किन मलाई जिन्दगीले पटक पटक रुवाउँदै छ ?

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button