शंकाले निउ खोज्नै हुन्न

सोम्नु राई

ढुसी पलाएर त्यसै लेउ लागेको सोच्नै हुन्न
बस्ती बस्ती नै हो, शंकाले निउ खोज्नै हुन्न ।

कति गरिबीले डामेर दुख्छ्न् यहाँ कति पीर डामेर दुख्छ्न्
त्यसैले पापी हैसियत मनको, कतै छानेर खोज्नै हुन्न ।

मंसिर पुसको सिरेटोमा कठै रात काट्नेहरु
अनिकालको मुखअगाडि बर्षेनी बीउ रोज्नै हुन्न ।

कमरा ती हातहरुमा ठेला उठ्नु स्वाभाविक हो
अस्ताएको जूनसँग झुल्के घामलाई सोध्नै हुन्न ।

विकृति, विसंगति, थिचोमिचो सह्यो कति
स्वाभिमानी यी शिरहरुलाई निहुराएर झुक्नु हुन्न ।

बस्ती बस्ती नै हो, शंकाले निउ खोज्नै हुन्न ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button