
… तब कसलाई के पो नराम्रो लाग्ला र उनको !
नयाँ स्तम्भ ‘गायिका‘मा शिक्षक हरिप्रसाद गौतमलाई सात प्रश्न ।
तपाईलाईं कुन गायिका सबभन्दा बढी मन पर्छ ?
सुनिता बुढा ।
सुनिताको कुन पक्षले तपाईंलाई आकर्षित गर्यो ?
मलाई आकर्षित गर्ने उनको गायकी(स्वर) हो ।
सुनिताका कुन कुन गीतहरु सुन्नु भएको छ ?
म जन्मेको ठाउँ, कदमको छायाँले, एक्लो सिमल, फलाम पिटे तरबार, मालीगाई चरेको आदि उनका चर्चित गीतहरू हुन् ।
सुनिताले कस्ता गीतहरु गाउँन् जस्तो लाग्छ ?
उनी लोकभाकाका एकल र दोहोरीमा निकै मन छुने गीत गाउँछिन् ।
सुनितालाई भेट्नुभयो भने के भन्नु हुन्छ ?
सुनितासँग भेट्न पाएँ भने गीत गाउने प्रेरणाको स्रोत अनि यस्तो ऊर्जाको स्रोतका सम्बन्धमा सोध्छु अनि मेरी सँगिनीलाई उनीसँग भेट्ने रहर हुनाले दुवैले लाइभ गीत गाउन लगाएर एकछिन डुब्ने मन छ ।
सुनिताकोे मन नपर्ने पक्षचाहिँ केही छ कि ?
जब कसैको स्वरले यति विधि तान्छ नि, तब कसलाई के पो नराम्रो लाग्ला र उनको !
सुनिताले आफ्नो गायनलाई सशक्त बनाउन के सुधार गर्नुपर्ला ?
मलाई त उनले केही सुधार्न आवश्यक छ जस्तो लाग्दैन किनकि जब लोकभाकाको जगमा दिल खोलेर निस्केको आवाजमा कुनै नियमले बाँध्न थाल्छ, तब मौलिकतामा खलल आउँछ, लोकभाका भनेको मुक्तकण्ठबाट निस्कने ढुकढुकी हो भन्ने मेरो धारणा छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



