मलाई यत्ति थाहा छ कुपुत्रले नजन्मेकै राम्रो

डाली कोपिला

श्रीकृष्ण शर्मा
पोखरा


दिनमा मर्न मनै छैन रातमा मरौँला
मेरो साथी तिमीलाई धेरै माया गर्छु मैले
एक्लै मर्न मनै छैन साथमा मरौँला ।


जिन्दगी धनले होइन आशमा चलेको छ
नपत्याए हेर्नुहोस् न रातमै अस्त हुने मान्छे पनि
भोलिको सुन्दर बिहान देख्ने विश्वासमा चलेको छ ।


तिमी हुनु र नहुनुको अर्थ नसोध
मलाई यत्ति थाहा छ कुपुत्रले नजन्मेकै राम्रो
देशले राता आँसु रुनुको अर्थ नसोध ।


उसलाई बचाउँन यो छाती थापेको हुँ मैले
थाहा थिएन प्रभु उसकै गोलीले ढल्नुपर्ला भन्ने
दिनरात कडा दुःख सहेको हुँ मैले ।


जाली पेटका चिप्ला कुरा जाती लाग्यो मलाई
कसलाई भनूँ म आङ कन्याएर आफैँलाई छारो
बुझ्दै जाँदा गोजीको सर्प घाती लाग्यो मलाई ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button