जस्तो कर्म, त्यस्तै फल

लघुकथाः पुजारी

ओम आचार्य

एउटा मन्दिर थियो । घरबाट मन्दिर आउँदाजाँदा गाउँको एउटा कुकुरले सधैं मन्दिरको पुजारीलाई भुक्थ्यो ।

सुरुसुरुमा सामान्य रुपमा लिए पनि त्यो असामान्य हुँदै गयो, जब यसको चर्चा गाँउका मानिसहरुमा हुँदै पुजारीको कानसम्म पुग्यो । ‘हैन यो कुकुर पुजारीलाई मात्रै किन भुक्छ ? त्यसमाथि आउँदा र जादा नै भुक्छ केही कैफ़ियत छ या कुनै अपराध कर्म गरेको छ कि ?’, यस्तै चर्चा गाँउमा चलेको पुजारीको कानसम्म पुग्यो ।

अब कुकुर भुक्दा भन्दा पनि आउँदा र जादा गाँउको मान्छेको पुजारीप्रतिको हेराइ र घुराइ अझ कस्टकर हुन थाल्यो ।

पुजारीले एक दिन कुकुरलाई मार्ने सोच बनाएर अनुकुल समयमा त्यो कुकुरलाइ मार्यो । र, मन्दिरभित्र रहेको गुह्य गुफामा हालिदियो ।

अब गाँउमा कुकुर पनि छैन । पुजारीप्रति उठेको शंकाको हेराइ घुराइ र क्रमश कुकुरसँगै हरायो ।

केही दिनपछि पुजारी दुर्गन्धित दुर्गन्धित हुँदैहुँदै गयो र पुजारी सिनोजस्तो गन्हायो । शरिरमा किरा पर्यो । हेर्दाहेर्दै पुजारीको अनुहार कुकुरको जस्तो देख्न थाल्यो । गाउँलेले उसका हात खुट्टाहरु कुकुरकै जस्तो देख्न थाले ।

‘जस्तो कर्म, त्यस्तै फल’, पुजारीको नियमित प्रवचनमा दिइने शिक्षालाइ गाँउलेले सम्झे ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button