रात दिन पसिना नबगाऊ प्रिय

मुक्तक

मेघनाथ सुवेदी
सुंदर हरैंचा-१२ मोरंग

चिठ्ठी थमाएको खाम खाली छ
घोडै चढाए‌ नि लगाम खाली छ
रात दिन पसिना नबगाऊ प्रिय
पैसा नतौलिए दाम खाली छ ।


दुश्मन पनि बदल्दियौ गुन लगाएपछि
चिरी च्यठ्ठै राम्री लाग्यौ सुन लगाएपछि
आज आफै दोधारमा अन्योल भै हराएँ
भन म चै कस्तो लाग्यो सगुन लगाएपछि ।


ब्यर्थै ढुंगा पुज्नु नपर्ने रहेछ
अधर्मीलाई बुझ्नु नपर्ने रहेछ
पसिनामा शीतल हुने छातीलाई
शीत झरी रुझ्नु नपर्ने रहेछ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button