अस्तित्व वस्तुमा देख्नु यो नै जीवनभार हो

‘गमुको’ पाहुना पोष्ट: मुक्तक

कलानिधि दाहाल

मान्छे ठान्छन् म सम्झन्छु गहना उपहार हो
म देख्छु सृष्टि नै सच्चा मान्छेको एक सार हो
धातु मूल्य सबै ठान्ने खिइदा मर्दछन् सँगै
अस्तित्व वस्तुमा देख्नु यो नै जीवनभार हो ।

झरी साउनको झम्का झर्दा झम्झम झम्झम
चम्कन्छन् सिर्जना चम्का झर्दा झम्झम झम्झम
दिव्य देख्ने यसैभित्र रहस्य टिप्दछन् कति
तिलस्मी तारका छम्का झर्दा झम्झम झम्झम ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button