फूलहरुमा मस्किएर झुल्ने मन छ मेरो

सुस्मिता नेपाल
इटहरी, सुनसरी ।

भमरा भई फूलबारीमा डुल्ने मन छ मेरो
फूलहरुमा मस्किएर झुल्ने मन छ मेरो ।

उघ्रिएको आकाश झै पानी परेपछि
आनन्दित मन लिई खुल्ने मन छ मेरो ।

रमाइलो जताततै हरियाली छाउँदा
यस्तै वातावरणमा घुल्ने मन छ मेरो ।

सुख खोज्दै शहरमा बस्न मन हुँदा
गाउँघरको रमाइलो भुल्ने मन छ मेरो ।

सम्झि आज हरियाली तड्पिरन्छ मन
जसैगरी त्यो आनन्द असुल्ने मन छ मेरो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button