
तेरो मेरो भन्नु बाँचुन्जेल मात्र हो
गमुको पाहुना पोष्ट: गजल
योगी प्रकट आनन्द
गुँड छोड्यो बचेराले ठेगाना छ यहीँ
नदी बगेर गैगयो किनारा छ यहीँ
तेरो मेरो भन्नु बाँचुन्जेल मात्र हो
जली जान्छ शरीर आत्मा छ यहीँ
बेवारिसे बनि कतिन्जेल बाँच्नु म
को सोध्न आउला अबला छ यहीँ ?
भेटुन्जेल नजरले खोजेँ म आँफैले
दुश्मनी आँखामा मित्रता छ यहीँ
मरुको बसाईंमा मध्यान्हको घाम
मेरो हिमालको चिसो हावा छ यहीँ
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



