पुल बन्थ्यो होला तर्क बितर्क जोडेदेखि

गंगा दहाल
ललितपुर

पुल बन्थ्यो होला तर्क बितर्क जोडेदेखि
असहमतिका पहाड र थुम्का फोडेदेखि ।

समृद्धि, सुसासनको मिठो फल फल्थ्यो
वनमारा, ऐजेरु र झार जरैबाट गोडेदेखि ।

हुन्थ्यो एकआपसमा जुटे त कायापलट
तिता, मिठा गुज्रिएका पलहरु छोडेदेखि ।

हालेमालो गर्दै वैमनस्यतालाई तोडेर अब
मूलधारमा जुट्न गोरेटो बाटो मोडेदेखि ।

मिल्दै आउँछन् सबै कटुता समझदारीमा
तन्किएको असहमतिको दुरी तोडेदेखि ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button