
देश हो पवित्र तपोभूमि
चित्रबहादुर केसी तिमिल्सिना ‘अकेला’
यूएस ।
प्रतिकूलतामा जकडिएको बेला
अनुकूलताले तात्तिन्छ गिदी
जब तात्तिन्छ गिदी नांगै नाचिन्छ
हरे ! अनि त मिचिन्छ विधि !
आफैले बनाएको हो हँसिया
आँफ्नै घाँटीमा लगायो निशाना
विधिपूर्वक निर्माण भएको भन्थे
प्रचण्ड घमण्डले तोडियो परिधि !
अरबौं झ्वाम् पार्ने सीप लगाई
बर्षौं बित्यो विधि बनाउनलाई
रित्त्याइयो राज्यको ढुकुटी
जनताको पसीना जम्मा गरेको निधि !
कुनै जनावर घर बनाउँ भत्काउँछ
अर्काको घरको के राख्छ मतलव ?
हरे १ हाम्रो देश हो पवित्र तपोभूमि
कुदिन लागेर डुब्यो विद्याको वारिधि !
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



