
अझै अघाउनु भएन क्रान्ति गरेर फेरि
गमुको पाठशाला उत्कृष्ट श्रृँखला (मुक्तक)
बालकुमार खत्री
संखुवासभा ।
१
अझै अघाउनु भएन क्रान्ति गरेर फेरि
जुलुस लगाउनु भयो के सोचेर फेरि
जनतालाई सधैं कति दुःख दिनु हुन्छ
महाराज, सडकमा हनुमान बनेर फेरि
२
सत्ता तपाईंको थियो, हामीले सम्झिन पर्यो
जनता सडकमा भोकभोकै तड्पिन पर्यो
सर्वहाराको बुई चढेर तपाईं त्यहाँ पुग्दा पनि
केहीँ गर्न सक्नु भएन, भोट बेकार दिन पर्यो
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



