
तिमीसँगै हिँड्नु छ, नाघ्नु छ अग्ला अग्ला पहाड
कविता
मञ्जु घिमिरे दाहाल
उनीसँग कति हिडिरहुँ
अभिशान्त अविरल यात्रा
कति बगाइरहुँ आँखाबाट आँशुको भेल
यहाँ सुनाउनु छ कति कति सपनाहरु
तिमीसँगै हिँड्नु छ
नाघ्नु छ अग्ला अग्ला पहाडहरु
चाल्नु छ अझै धेरै पाइलाहरु
खोई हिँड्दाहिँड्दै कहिले नथाक्ने बाटाहरु
केही पाएँ या पाइनँ थाहा छैन
बाटो बिराएँ या बिराइनँ थाहा छैन
उनीसगँको यात्रा मेरो
निरन्तर हो
समय बगिरहन्छ र नयाँ आयाम नभन्दै जान्छ
एउटा दरिलो विश्वास बोकेर हिँडिरहेछु
मेरो यो यात्रा उनीसगँको हो
उमेरको नदी छिचोल्दै
यो साथको घडीलाई अंँगालिरहेछु
निरन्तर निरन्तर निरन्तर ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



