अनुहार नदेखिएको ‘एमाले तस्विर’

न त बैशाख ११ मा उद्घाटन हुँदै गरेको धरहरा प्रस्टसँग देखिएको छ, न प्रधानमन्त्री केपी ओली नै अगाडिबाट देखिएका छन् । माधवकुमार नेपाल पनि अगाडिबाट देखिएका छैनन् । मेरियट होटल, नक्सालको झ्यालछेऊ पछाडिबाट खिचिएको आजको तस्विरमात्र होइन, हिजोको कोठाभित्रको तस्विर पनि फेसबुकको भित्ताभरि छ्यापछ्याप्ती छापिएका छन् ।

त्यसो त हिजोको तस्विरमा पनि केपी र माधवको अनुहार मास्कले छोपिएको थियो । यो फगत संयोग हुनसक्छ तर सम्बन्धको वल्लो र पल्लो किनार पुगेका यी दुई नेताहरुको भेटका अनुहार नदेखिएका तस्विरले एमाले पंक्तिमा एकताको आशासंचार भइरहेको छ ।

प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक भएका यी दुई तस्विरहरुले अहिले ‘एउटा तस्विरले हजार शब्दले बोल्न नसक्ने कुरा बोल्छ’ भन्ने भनाईलाई सार्थक बनाइरहेका छन् । तर, एकताको दृष्टिले यो भेट सार्थक होला कि नहोला ? त्यो भने हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button