अहा! कालिङचोक, हिउँ पर्दा झनै!
सुरुमै भनिहालौं, फोटोहरु तल छन् है । हेर्न नछुटाउनु होला ।
अशोक सिलवाल
काठमाडौं ।
प्रकृतिको स्वर्ग कहाँ छ ?
नेपालमा ।
नेपालको कहाँ ?
अनगिन्ती यस्ता ठाउँ छन् ।
भन्नुस्न ।
भनेर भनिसाध्य छैन । गनेर गनिसाध्य छैन ।
जस्तै ?
अहिलेलाई उदाहरणको लागि कालिङचोक ।
हिउँ पर्दा मात्र कि ?
होइन, कालिङचोक यसै अहा ! हिउँ पर्दा झनै अहा !
क्या ! गजज्वको कालिङचोक । नपत्याए रेभा बस्नेतले नेपालनाम्चालाई पठाएका चित्तै मुग्ध हुने तस्विरहरु हेर्नोस् । र, धेरैबेर हर्नोस् । मज्जा आउँछ ।
अलिकति रेभाको बारेमा भनौं, उनी दोलखाको चरिकोट बस्छिन् । उनको त्यहाँ फेन्सी पसल छ । प्लस टु पास उनलाई घुम्न र फोटोग्राफी औधी मन पर्छ ।
उनका बारे यत्ति नै बोल्छु, अरु सबै बोल्छ उनकै फोटोग्राफीले ।