अनगिन्ती प्रेमका ती खात तिम्रो साथमा होस्

मुक्तक

अम्बिका खरेल उप्रेती
विराटनगर

थकानको चौतारीमा हात तिम्रो साथमा होस्
प्रकृति मधुमाससँगै रात तिम्रो साथमा होस्
अंगालोभरि माया दिनेछु त्यो जूनलाई साँच्दै
अनगिन्ती प्रेमका ती खात तिम्रो साथमा होस्

खोक्रो राष्ट्रियता जप्दै बस्दिनँ जीवनमा
स्वार्थमा राष्ट्रघातीसँग पस्दिनँ जीवनमा
बास्ना छर्दै राष्ट्र चिन्तनमा लाग्नेछु म पनि
विभेद विकृति बोक्दै खस्दिनँ जीवनमा

अहंकारको तिम्रो मुठी पचाउन सकिनँ मैले
सहन शीलता तिमीमाथि नचाउन सकिनँ मैले
धैर्यताले परिस्थितिको बाँध जोड्न नसकेपछि
अनुशासनको संस्कार बचाउन सकिनँ मैले

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button