
पूर्व मन्त्रीको कविता ‘म स्वयं जनादेश हुँ’
म परम वीर चक्रधारी
पुरुषोत्तम पौडेल
म परमवीर चक्रधारी
नेपाल रत्नले विभूषित
राजनितीको सुत्रधार
सिद्धहस्त कुटनितिज्ञ
स्वतन्त्रता सेनानी
नेपाली मण्डेला
म स्वयम जनादेश हुँ ।
म वीर वलवाहु
शदाचार सम्राट
विवेकको खानी
मानार्थ विद्यावारिधी
योग, ध्यान र ज्ञानको त्रिवेणी
स्वप्नद्रष्टा विकासप्रेमी
म स्वयम जनादेश हुँ ।
म संकट होइन ,
संकटमोचन हुँ ।
हिंसाकोविरूद्ध ,
शान्तीको आधार हुँ ।
मेरै कारण देशमा ,
दिप प्रज्वलन भैरहेछ ।
म स्वयं जनादेश हुँ ।
अन्धकार राजनिती
विवेकसुन्य सुशासन
शक्तिको सिमाहिन अपचलन
सामाजिक भ्रष्टिकरण
र, संविधानको चिरहरण
नयाँ कीर्तिमानधारी
ज्ञान निधाना परमात्मा
म स्वयम जनादेश हुँ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



