
राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न
टुरिष्ट गाइडको क्षमता अभिवृद्धि तथा पेशागत समस्या समाधानका विषयमा छलफल गर्दै दशौँ राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ।
टुरिष्ट गाइड एशोसियशन अफ नेपाल (टुर्गान)को आयोजनामा भएको सम्मेलनको बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले उद्घाटन गरेका थिए। उनले टुरिष्ट गाइड पर्यटन विकासका महत्वपूर्ण स्तम्भ भएको भन्दै गाइडका समस्या प्राथमिकताका आधारमा समाधान गर्ने प्रतिबद्धता जनाए।
टुर्गान अध्यक्ष प्रभालक्ष्मी प्रधानाङ्गले अनुमतिपत्रविना पर्यटक घुमाउनेलाई कारबाही गर्नुपर्ने तथा सम्पदा क्षेत्रमा पार्किङ, शौचालय र जथाभावी माग्ने समस्याको समाधान गर्नुपर्ने माग गरिन्।
टुर्गानका अनुसार वि.सं. २०४६ मा स्थापना भएको संस्थामा हाल देशभर एक हजारभन्दा बढी गाइड आबद्ध छन् भने पाँच हजारभन्दा बढीले अनुमतिपत्र लिएका छन्।
सम्मेलनमा पर्यटन क्षेत्रमा लामो समय योगदान पुर्याएका विभिन्न गाइडलाई सम्मान गरिएको थियो।
….
नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।



