
मनभित्र कहालीलाग्दो पिडा छ र त सुख हुने गर्छ
पिडाभित्रको सुख
रुद्रप्रसाद उप्रेती
मनभित्र कहालीलाग्दो पिडा छ र त सुख हुने गर्छ
कहिले कहिले पिडाले
बिना कारण नै अर्ध बहुला जस्तै ए्क्लै एक्लै हसाउॅछ
फेरी कहिले त
मन खोलेरै धरधरी पो रुवाउॅछ ।
कहिले भने धिप धिप मात्रै बॅाकि रहेको
आसाको दियो झ्याप्पै निभाउन खोज्छ,
अनि कहिले त त्राण मात्रै बॅाकि रहेको आसाको दियो
पत्याइ नसक्नु गरी हुरहुरति बल्नेगरी जगाउॅछ ।
र त मन भित्र भित्र पिडा भएर पनि सुख हुने गर्छ ।
कहिले त यो पिडाले
म भित्रको लुकेर बसेको म संग
सुटुक्क भेट गराउॅछ र भलाकुसारी गराउॅछ
अनि कहिले
विछोडिएका र बितेर गएका आफन्त
शुभेच्छुकहरु संग पनि भेट्न लगाउॅछ
अनुभवहरुको डंगुरबाट आफुलाई चाहिने जति टिप्न लगाउॅछ
र त मन भित्र पिडा भएर पनि सुख हुने गर्छ ।
फेरी कहिले जिवन यो पिडाले
जीवन बॅाच्ने
नयॅा नयॅा तरीका र पद्धती सिकाउॅछ
संझनाका तरेलि तरेलि याद गराउॅछ ,
टुटिसकेको आत्म विश्वास जगाउॅछ
अनि आफैप्रति विश्वास र भरोसा गर्न सिकाउॅछ
त्यसैले त मन भित्र मरिकुस्त पिडा भएर पनि सुख हुने गर्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



