
रेमिट्यान्समा रमा’को देश !
नेपाली मतदाताको लाममा नहुने
शेरबहादुर ढुङ्गाना
सङ्खुवासभा, हाल: बेल्जियम
विहेको सप्ताहन्त नभई
बुहारीले सिरानी-
अँगालो मारेको घर,
युवा लखेटेर
रेमिट्यान्समा रमा’को देश !
दलको सदस्य मात्र मान्छे हुने
दलमा अनावध्द
कोही पनि मान्छे हुनै नहुने!
अपराधी-
निश्चित धर्कामाथि नहुने
खाँड जेल बस्न नमिल्ने
झ्यालखाना जानुस् त-
कमजोरहरूले जेल अटेसमटेस।
ठालु, दलका,
धनबहादुरहरू-
बहस, कानून मिलारै
निरपराध हुने!
समान अधराधमा
समान दण्ड!
साना- ठूलालाई एकै दण्ड?
कोही देवत्वकरण हुने
कोही मान्छेमा नगनिने
सिटामोल नपाएर
मृत्युवरण गर्नेहरूको मेरो ठाउँमा
म कति साक्षी भईरहने-
लाग्छ-
नेपाली मतदाताको लाममा अव नहुने!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



