चाडबाड आयो, अब प्यारा फर्किआउनु पर्छ

बसन्ता पोख्रेल
धुर्कोट १, नयाँगाउँ, गुल्मी

दशैं आयो प्यारा तिमी फर्की आउनु पर्छ
बच्चाले नी चिची अनि नाना लाउनु पर्छ
दशैं दसा जस्तो भयो सानु हामी गरिबको लागि
यो पाली साहुलाई ऋण क्यारी टार्नु पर्छ
दशैं आयो प्यारा तिमी फर्की आउनु पर्छ
बच्चा ले नी चिची अनि नाना लाउनु पर्छ ।।

बाबा आमा टोलाएर तिम्रै बाटो हेर्छन्
चाउरिएका गाला अब फुकाई दिनु पर्छ
दशैं आयो प्यारा तिमी फर्की आउनु पर्छ
बच्चाले नी चिची अनि नाना लाउनु पर्छ।।

सबैको घर रंगी सके भित्री सके खुसी
हामी पनि आफू सक्दो जोहो गर्नु पर्छ
दशैं आयो प्यारा तिमी फर्की आउनु पर्छ
बच्चाले नी चिची अनि नाना लाउनु पर्छ।।

बाध्यता तिम्रो बिदेसिनु घरमा बस्नु मेरो
चाडवाड मा त गाँउ सम्झी फर्की आउनु पर्छ
यस्तै छ यहाँ सजिलै जिउन गारो पर्छ प्यारा
गिद्दे नजर लाउनेसंग तर्की आउनु पर्छ
दशैं आयो प्यारा तिमी फर्की आउनु पर्छ
बच्चाले नी चिची अनि नाना लाउनु पर्छ ।।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button