कोही छैन उसको चोट बुझ्ने, कोही छैन आँशु पुछिदिने

ऊ एक्लो भएको छ

राजाराम श्रेष्ठ
चापागाउँ, ललितपुर

जाडोको शीतमा लुग्लुग काम्दै
बालकलाई काखमा राखेर
टुकुक्क बसेको छ भूईंमा
फैलाएका छन् दुई हात कसैतिर
केही पाउने आशामा
खस्नै लागेको छ आँशुको थोपा
रोइरहेको छ बालक काखमा ।

हावा नभएको भकुण्डो झैं
स्याप्प सुकेको होला उसको पेट
बटारिएका होला उसका आन्द्राहरू
आउँदैनन् स्वर कति पनि
मात्र हेरिरहेको छ उ टुलुटुलु
मन्दिरमा मूर्ति थापना गरे झैं
बसेको छ भक्तहरूको प्रतिक्षामा
तर, कोही देखिंदैन उसलाई पुज्ने
कोही भेटिंदैन उसको व्यथा बुझ्ने ।

बिझेको होला मनमा विवशताको काँडा
बाँधिएको होला वाध्यताको सिक्री
सामथ्र्य देखिंदैन उसमा कति पनि
विवशताको काँडा झिक्न
बाध्यताको सिक्री तोड्ने
कोही छैन उसको चोटलाई बुझ्ने
कोही छैन आँशु पुछिदिने
अल्झेको होला समस्याको जालोमा
बल्झेको होला उसका घाउहरू
कोही छैन उसको समस्या सुल्झाई दिने
कोही छैन घाउमा मलम लगाई दिने
आज ऊ एक्लो भएको छ
मान्छेहरूको भीडमा तमासा भएको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button