
ढुक्क हुनु, आउन दिन्न ती खोल्चा पार गर्ने दिनहरु
भावना रिमाल
ढुक्क हुनु खुशीले रङ्गिएका
ती तिम्रा प्रिय दिनहरुलाई
आफ्नो दुई शब्दले मन दुखाउँदिन
आउँछन् होला, कयौं झगडासँगै नबोलिने दिनहरु
नरमाइला त होलान
तर अँध्यारा हुन्नन् ती दिनहरु
भन्छौं, कयौ खोला नदी पार गरेर आएर नि खोल्चामा अड्किएकी छौ,
ढुक्क हुनु, आउन दिन्न ती खोल्चा पार गर्ने दिनहरु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



