
६३ बर्ष भएछ हजुरको नाममा तर्पन र पिण्ड लडाको, के कति पाउनु भयो ?
गौरीशंकर भण्डारी
६३ बर्ष भएछ । हामीले हजुरको नाममा तर्पन र पिण्ड लडाको । के कति हजुरले पाउनु भयो ? स्वर्गमा पनि हामीले हजुप्रति सदासयताको कामनाले अन्य हजुरका छिमेकी यदि छ भने हामीप्रति सद्भाव देखाएको हामीले कसरी थाहा पाउने ? सपनीको माध्यमबाट थाहा पाउन पाए हुने थियो ।
हामीले हजुरलाई अर्पण गर्न मह, चिनी, घ्यु र अन्य धेरै थोकको मिश्रण पानी हाम्रै तुलसा मोठमा सेलाउनु परेको छ भने दुधमा पकाको चामलको पिण्ड पनि नजिकैको खोलामा सेलाउने गरेको छ । यसरी सेलाएको पानी पनि हजुरलाई पर्याप्त पुगेको छ या छैन कसरी थाहा पाउने ?
स्वर्गमा राम्रै अवस्थामा भएर हजुरका संगिसंगतीहरु सबै त्यतै आएका छन् । सबैलाइ मेरो कान्छो पुत्रले हार्दिक श्रध्दा सुमन अर्पण गरे छ भनिदिनु होला ।
कसै कसैको त कर्म पनि कस्तो हुन्छ ?
वास्तवमा पिताको माया भन्ने कुराको पुर्ण ज्ञान नै मैले पुर्ण रूपमा अनुभव गर्न पाइनँ । कति मानिस भाग्यमानी छन्, जसले पिताको माया जीवनको अनन्त कालसम्म पाइरहनेछन । म अभागी नै रहेछु ।
जे होस् विधिको विडम्बनालाई आत्मसात गर्नुबाहेक अरू के नै हुन्छ र ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



