दिनरात आँशुले मुख धोएँ कतिकति !

सुप्रिया खनाल

हाँसो के हो अनि खुसी के हो
थाहा नभएको धेरै भएको थियो
सुख मात्र अरूको भागमा
मात्र पीडा मेरो भएको थियो
मेरो पीडाले सुहाउँदो भाउ पाएको थिएन
आनन्दले अढेस लगाउने ठाउँ पाएको थिएन
जब तिम्रो आगमन भो जिन्दगीमा
मुस्कान छायो आँखाले बगाउने पानी फेरियो ।

रुँदारुँदै हास्न सिकेको मान्छे म
पीडापीडा बीच बाँच्न सिकेको मान्छे म
हर पाइला हर मोडमा हार भएपछि
आफ्नै जिन्दगी नै आफैलाई भार भएपछि
हो, आफैले आफैलाई मास्न खोज्ने मान्छे म
मृत्युसँग नाता गाँस्न खोज्ने मान्छे म
जब तिमी छायौ मेरो जिन्दगीमा
साँच्चै बदलियो सोच, मेरो नराम्रो बानी फेरियो ।

न मलाई साथ दिने कोही थियो
न दुःखमा काँध दिने कोही थियो
आँखा नै थाक्ने गरी रोएँ कतिकति
दिनरात आँशुले मुख धोएँ कतिकति
थाहा छैन अब आँशु के हो भन्ने
बिर्सिसके जिन्दगीसँग गुनासो के हो भन्ने
जब तिमी ले प्रवेश गर्यौ टुक्रिएको दिलभित्र
म मात्र होइन, मेरो कहानी फेरियो ।

तिमी त सङ्गीतको लागि धुन बनेर आयौ
मेरो लागि त एउटा ठूलो गुन बनेर आयौ
खडेरीले आत्तिएको यो जीवनको लागि
एउटा मिठो आशाको मनसून बनेर आयौ
आयौ त आयौ मेरो मात्र बनेर आयौ
बिग्रेको जिन्दगी सपार्दिने पात्र बनेर आयौ
तिमी त यति धेरै खास बनेर आयौ
जीवन जिउने आधार अनि आश बनेर आयौ
खै कसरी तारिफ गरौं तिम्रो ?
जब तिमी मेरो भयौ मेरो जिन्दगानी फेरियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button