मनको बातमा हाम्रो केही लाग्दैन

सुमन लावती

साहेबा हजुर भन्नु हुन्छ, ‘म यस पटक बाच्न सफल भए भने सायद कहिले पनि मर्ने छैन् । हजुरले सोधिहाल्नु भयो यतिसम्म भने । अब कुरा आफै बुझ्नुहोस ।’

हजुरको यस्तो कुरा सुनेर मलाई पनि हजुरकै लयमा जवाफ दिन मन थियो, ‘ए साहेबा यो मनको बात हो । मनको बातमा हाम्रो केही लाग्दैन । मनको बात हुन्छ नै यस्तै ।’

साहेबा यो दुनियाँमा सायद कोही पुर्ण छैनन् । कोही पाएर पागल भएका छन्, कोही गुमाएर अर्ध लास भएका छन् । मलाई लाग्छ हामी पनि यहीँ भुमरीमा फसेका अलग-अगल पात्रहरू हौँ ।

संयोगबस दुई नामहरुको मिलन हुन पुगेछ सुमन स्मारिका । म उनीको यादलाई जीवन ठान्ने मान्छे अनि हजुर उसको बन्न नसकेकी मान्छे । संयोगले हाम्रो नाम मिल्न पुगेछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button