
कमालको होस् २०७९
कविता
। ज्योति पाख्रिन ।
साथीसंगी आफन्त सबैलाई
शुभकामना छ नयाँ सालको
विगत बर्ष नरमाइलो भए पनि
आउँदो साल होस् कमालको ।
फालेर सबै रिस, राग र गुनासाहरू
स्वागत गरौं सबैले नयाँ सालको
सुख समृद्धि, दीर्घायु, सुस्वास्थ्य
अनि उत्तरोत्तर प्रगतिको कामना गर्दछु सबैको ।
कोल्टे फेरोस् देशले
सुखी खुशी होउन् नेपाली जनता
नहोस् कुनै बैरभाव
धन्यधान्य रहुन् नेपाली जनता ।
मेलमिलाप बढोस्
कहिल्यै मनोमालिन्य नहोस् कसैमा
यही छ शुभकामना
म एउटी चेलीको तपाईहरू सबैमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



