थुईक्क बानेश्वर ! कट्टु किन नला’काे ?

कविता

सुनिल गाैतम
हेटाैडा

ए नेता !
गाेली रवरकै हाेस् वा धातुकाे
डकारेपछि राज्यसत्ताकाे उन्माद
एउटाकाे छादमा अर्काे चिप्लिँदा पनि
बानेश्वर किन बगाउँदैन वागमतिसम्म ?
किन हासिरहन्छ लैनचाैर निर्लज्ज काठमाण्डाै देखेर ?
किन विपरित प्रतिक्रियाकाे सर्वमान्य न्यूटन विर्सन्छन् सैनिकहरु ?
आफ्नै आमालाई दाने कात्राे लिने कि नलिने बहसमा
किन कट्टु फूकालेर हातले छाेप्छाै गुप्ताङ् ?
गाेर्खाली ईज्जतकाे विरासत विर्सेर
स्वयम्भू अघिल्तिरकाे हङकङ बजारमा
थुईक्क वानेश्वर !
तैले कट्टु किन नलाकाे ?


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button