अभिभावक-स्कुलको साझा उद्धेश्य नानीबाबुलाई गुणस्तरीय शिक्षा दिनु हो

शौर्या खनाल

‘Don´t come to me with just a problem, come to me with the problem and a possible solution.’

‘समस्या मात्र लिएर हैन, समस्या र त्यसको सम्भाव्य समाधान लिएर आऊ’, एउटा राम्रो नेतृत्व दिनेले आफ्ना follower र Team members लाई यसो भन्नू पर्छ ।

किनकी मैले मात्र समस्या पहिलाएसम्म, मैले मात्र समाधान खोज्नपट्टि लागेसम्म मेरा Team Members को विकास हुँदैन अनि आफैले सोच्न नसक्ने टिमले कति नै योगदान दिन सक्छ र ?

नेपालमा Teacher Training को कुरा गर्दा, अक्सर स्कुल प्रशासनले भन्ने गर्छ, ‘जति सिकाए पनि सिक्ने हैन, गुणस्तर बढ्दैन । अनि अलि जान्नेहरू, सिकिसके पछि फुत्त रू. १/२ हजार बढीको लागि भन्दै नभनि अर्को स्कुलमा जानू हुन्छ ।’

कुरा सहि हो । तर उपाय के त ?

मेरो विगत ४ वर्षको अनुभवले भन्छ, कर्म गर, फलको आशा नगर । सिकाई रहुँ, सजाई रहुँ । एक न एक दिन त कसो नसिक्नु होला त ?

काम नजानेका शिक्षकहरू वर्षौ टिक्नु, वा काम जानेकाले ६ महिनै मात्र पनि राम्ररी पठन पाठन गराए, पछिल्लोले नै उछिन्छ । तर शिक्षकहरू धेरै फेरबदल हुँदा अभिभावकहरूले स्कुल प्रशासनकै कमजोरी भन्ने ठान्नु हुन्छ ।

जे भए पनि अभिभावक र स्कुल दुबैको साझा उद्धेश्य नानीबाबुहरूलाई गुणस्तरीय शिक्षा दिनु हो, त्यसैले यसमा compromise को त कुरै आउँदैन ।

स्कुल प्रशासनले Teachers लाई, CPD, Continuous Professional Development opportunities दिनु नै पर्छ । यदि,वहाँहरू काम सिके पछि, कृतघ्न भै पैसाको लागि सुटुक्क जानू हुन्छ भने कमजोरी वहाँहरूको हो, यो वहाँहरूको नैतिकतामा भर पर्छ ।

तर, वहाँहरू जहाँ गए पनि, काम सिकेर गए पछि सेवा त यही देशमा, यही देशका नानीलाई गर्दै हुनु हुन्छ, भनेर Big Picture हेर्नु पर्छ ।

Keep Learning, Keep Growing!


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button