
‘पट् मगनी, फट् सादी’
यसरी भित्र्याएछ बेहुली
शेरबहादुर ढुङ्गाना
खाँदबारी, सङ्खुवासभा ।
मेरा छेउ पर्नासाथ उसले विवाहकाे कुरा उठायाे । घरमा विवाहकाे कुराेकन्थाे सुरू भा’काे छैन । संगै एउटै टेवलमा काम गर्ने महिला कर्मचारीई माया-प्रेम-विवाहबारे साेधी हाल्न भा’काे थिएन !
ब्यस्त नगरपाललिका, कामकाे चाप ! उनले काम गरूञ्ज्याल सेवाग्राही बाेलिरहने, हेरिरहने अनि मैले काम गर्न थालेपछि चिं एकछिनमा आउँछु है भनेर हिंडिहाल्ने ।
कहिले काम भएपछि कहिले बाेल्ने निहुँ पारेर ट्राफिक हुन सुहाउने ती महिला कर्मचारीलाई दुईटा प्रश्न अनि जाेकाेही जसाेले साेध्ने गरेर वाक्कै पारेका ! – पहिला घर कता ? अनि माइत घर कता? वा विवाह भा’ छैन ?
भन्दा भन्दा आजीत भएकीले उस्लाई भनिछन्- हाै यताकाले कति साेधेका ? उ त यही कति जवाफ दिने? क-कस्लाई चिं जवाफ दे’र सक्नु !
उस्ले भनेछ- घर यतै उपमहानगरपालिका भनन..।
वडा साेधे के भन्नू ?
उसले जवाफ दिएछ- मेरै वडा भन्देउ !
अब उनलाई अलिकति लाज अनि अलि घत बुझे, जवाफ पाएजस्तै भएछ ! नारी सुलभ गुण चुप बसिछन् ! उन्लाई याे जवाफ ठीक लागेछ अनि सदा भन्दा फरक शैलीमा सहकर्मी भा’काले लजाउँदै साेधिछन्- बाआमा बाेलाउँ त !
आफ्नाेबाट टाढा….पाँचाैं प्रदेशमा खबर पुग्नासाथ एक्लै जागिरमा भाकी छाेरी हेर्न आए । एउटै टेवलमा लबरा जुँगा कट मिलेकाे केटादेखेपछि मनमा शङ्का उठेछ! यही हाे कि क्या हाे ?
छाेरीले बासमा कुरा खाेलिन्, भाेलि विहानै दक्षिण जाने बस चढेर केटाका घर पुगे! हिजाे अफिसमा देखेकाेले कन्या दिन आए भनि दाह्रीवालालाई आमालाई कानेखुशी गर्न समय लागेन !
औपचारिक भला कुसारी भाे ! दिउँसाे अफिसमा छाेरी अनि दाह्रीवाला हुनेवाला ज्वाईंलाई आलाेपालाे ठम्याउँदै दिन बिताएछन् ! बढी त केटालाई हेरेछन् । उ अदबमा बसेछ !
अफिस छुट्टीपछि उस्ले चियाखाजाकाे प्रस्ताव गर्याे। अस्पष्ट- प्रष्ट कुरा भए ! केटा राजी, केटी राजी !
बा आमा ढुक्क भएर भाेलिपल्ट लामै बाटाकाे वस चढे ।
‘पट् मगनी, फट् सादी’ भाेली साइत हेराउन केटाकेटी दुवै गए ! साता दस दिनमा दुवै बेहुला बेहुली भ’र भित्रिए !
‘छाेरीतिरकाले भ’की पहिलाे जागिरे छाेरी अन्माए ! यता पहिला छाेराे मात्र कमाउने, अब त थप बुहारी पनि कमाउने पाए !’




