‘काट सरकारी घाँस काट्, ताेरै छे मस्ति’

शेरबहादुर ढुङ्गाना
खाँदबारी, सङ्खुवासभा ।

सरकारी जागिरकाे दाैरान, केटीप्रति आकर्षण बढ्दै गा’काे बेला ! तराईकाे जागिर ! भाषा भेष मिले/बुझेका केटी पाउन मुस्किल !

केही दिनदेखि एक काली कन्या भुईं टहरा अफिसकाे झ्यालबाट देखिने गरी घाँस काट्थी ! त्यसाे त उस्लाई रामरी मैथिली भाषा आउँथ्याे! बेला बेला मीठा पान चबाएर दाँत काला हुन थाली सकेका थिए उस्का !

कन्याले आफुतिर ध्यान दिएकाे बुझेपछि उस्ले भनेकाे थियाे, ‘बढ् सुनर लगैछियौ … कि बात यैछ ?’ घाँस काट्दै गरेकाे हँसियासंग कपाल मिलाउँदै हँसिलाे भावमा सेता दाँत देखा’की थिई कन्याले !

याे क्रम लामै चल्याे । कतिपय अरू कर्मचारी ति घाँस कन्यालाई जिस्क्याउँदै ‘काट सरकारी घाँस काट्, ताेरै छे मस्ति’ भन्थे । उ नसुने झैं गर्थी । ठूलाे चउरमा घुमीघुमी घाँस काट्दै बाेरामा काेचेर केही बेरमा धाेक्राे डडेल्नामा राखेर अलप हुन्थी !

एक पटक उस्काे दाइ घाँस साेहाेर्दै भन्दै थियाे, ‘सव दिना यत्तै आवेछी कथिला ! कि वात है ?’

‘घाँस जत मिलै छे, तत नजाक कता जाई ? तुहीं कह !’ उस्ले हाँस्दै जवाफ फर्काकी थिई !

उत्तिकै भाषा जान्ने भएकाले यी जागिरे पहाडी हुन् पनि लागेकाे थिएन सुकन्यालाई !

एक दिन बाजेकाेमा खान खान जाँदा यिनै कन्या पाे भान्से रहिछन् ! उनले भान्साबाट च्याएर अघाउँजी हेरिन् । साँझकाे बेला, नबाेलि धेरै भनेकी थिईन् बरा !

पाका उमेरका बालाई छल्न बेरै लागेन ! बिस्तारै उन्लाई सङ्केतले बाेला’र पल्लाे काेठातिर पसेका थियाैं, अघाउँजी मैथिलीमा कुरा गर्ने मनसुवा थियाे ।

तत्क्षण, सरकारी पर्खाल पारी घरबाट दाजुले बाेलाायाे, ‘हे गे कत छि … इमर आ…’

हतार हतार घरतिर दाैडेर गई ।

यतिकाे साँचेकाे प्यार यस पटक पनि यत्तिमैं छाेटियाे !


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button