
कृपया ! सोचौं, कतै अनावश्यक लाड प्यार दिएर छोराछोरीलाई पङ्गु त बनाइरहेका छैनौं ?
शौर्या खनाल
स्कुलको पुरानो ब्लकभन्दा १०० मिटर जति नजिकै १२/१५ लाख खर्च गरेर, नयाँ भुकम्प प्रतिरोधक व्लक बनाईयो । यस पालि कोरोनाको मार, पछि स्कुल खोल्दा, भौतिक दुरी कायम गर्न सजिलो होस् भनी, कक्षा २ (GradeTeacher System भएकोले) र कक्षा ५ ज्ञानी कक्षा भएकोले, reward स्वरूप त्यो नयाँ ब्लकमा गए ।
अब कुरो के रे भने, ती ८ देखि ९ वर्षका नानीहरूले बिहान यो ब्लकबाट त्यो ब्लकसम्म २ के.जी. को ब्याग, करीब ५ मिनेटलाई बोक्न पर्दा कष्ट भयो अरे । पुरानै ब्लकमा सार्नुस् रे ।
बिहान दैनिक assembly को लागि पुरानै ब्लकमा जम्मा हुने, त्यसपछि Class teacher र teacher´s assistant ले नयाँ ब्लकमा लाने । बेलुकी उतैबाट dismiss हुने system छ ।
५/१० रोपनि क्षेत्रफलमा फैलिएका स्कुहरूमा पनि त यो, common practice हैन र ? गेटबाट आफ्नो ब्लकसम्म आफ्नो झोला त आफै बोक्नु पर्छ नि, कि कसो ?
Language त परै जाओस्, concern सुनेरै छक्क पर्नुछ ।

ग्रेड टिचर भएको स्कुलमा प्राय सबै किताब स्कुलमा राखि, homework भएको मात्र घर लाने system हुन्छ । खासै भारी हुन्न । फेरि चलन चल्ति भन्दा एक चौथाई किताब पनि किनाईन्न, हाम्रोमा । सायद जम्मा जम्मी ६ वटा किताब छन् कि, कक्षा २ मा ?
८/९ वर्षका केटाकेटीले गाउँघरमा के कति काम गर्छन् त वहाँहरू स्वयँलाई थाहा होला, मलाई चाहिँ त्यो उमेरमा मेरा छोरीहरू र England का त्यो उमेरका अरू केटाकेटीहरूले के कति काम गर्छन् पक्कै थाहा छ ।
केटाकेटीलाई असल र कर्म वीर बनाउने उद्धेश्य लिएर शिक्षा क्षेत्रमा लागि परेकोले, आफ्नो काम र जिम्मेवारी सानै देखि आफै गर्ने बानि बसाउन प्रेरित गरिरहनेछु ।
No apologoes for asking my students to become independent, to be ready for self-help and to be a responsible person from a young age.
म त केटाकेटीको हितको लागि, अडिग छु, हजुरहरू नि ?
A school should be chlid-centered not parent-centered !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



