के सिन्दुरको धर्को नै जातको परिभाषा हो त ?

बसन्ता पोख्रेल
धुर्कोट-१, नयाँगाउँ, गुल्मी

जब म यो संसार र मानिसबारे सोच्छु मलाई आन्नद आउँछ । आफ्नो ठाउँमा सबै आआफ्नै तरिकाले रमाइरहेका हुन्छन् ।

म देखेको रमाइलो संसारभित्रको अन्धकार खोज्छु र प्रकाश दिने कोसिस गर्न चाहन्छु । दिनभर आफ्नै कामको सेरोफेरोमा अल्झिएर जब म आराम गर्न बेडमा पुग्छु, त्यहाँ शाररिक आराम हुन्छ तर मानसिक आराम पाउँदिन । सपनामा पनि उस्तै व्यस्त रहने मेरो मस्तिष्कले थकाइ लाग्दा पनि यो देश, युवा, अन्याय, अत्याचार, विभेद, भ्रम, अनि निरासपनदेखि दिक्क भएका ती निर्दोष मान्छेलाई सम्झन्छ । गुन्जिन्छ हरेक दिमागमा त्यही गरिब जनताका आवाज, जसरी बिहानको समयमा अर्लामको घण्टीले बारबार उठाइरहन्छ ।

गरिब जनताका आवाज दोहोरिएर घण्टी जसरी बज्न थालेपछि आराम गर्न दिँदैन । दियोस् पनि कसरी ? म यो देशको एक सच्चा सिपाही हूँ । म नै मौन बसेँ भने भोलि के होला ? आवाज कसरी उठाउलान् भावी पुस्ताले ? कसरी विकास होला ? के चाहन्छन् पीडामा दबिएका नागरिकले ? यस्तै प्रश्नले दिमाग तताउँछ मेरो अनि तातो चियाको चुस्कीसँगै सोच्ने, प्रश्न उब्जने गर्दै एउटा झिनो आशा बोक्छु, एक दिन कसो परिवर्तन नहोला, कसो नबुझ्लान ठूला मानिने नाइके र हरेक ठाँउ विभेदको जड गाड्नेदेखि आम सबैले ?

एसिड प्रहार, बलात्कार, दाइजो प्रथा, छुवाछूत मुख्य जड हुन् हाम्रो समाजका, पछिल्लो समय आफ्नै घरका सदस्यको भर पर्न डर हुनेदेखिका समाचार सञ्जालमा दिनहुँ पोस्टीएका हुन्छन् । तर अपराधी फरार ? यसरी मुख्य समस्या थाह हुन्छ तर वास्तविक घटना र रहस्य, जडको कुरा लुकिएको हुन्छ, तर मैले देखेको विभेद, उदाहणसहित यसरी छ । आखिर हामी छुवाछुत र जातियता विरोध गर्नेले भन्यौं, पितृ, कुलकुल्यानका कुरा गर्नेले कहिलेकाहीं यसरी सोच्छन् होला कि नाई ? के सिन्दुरको धर्को नै जातको परिभाषा हो ?

Ad

जातीय विरोध गर्नेको लागि एक उदाहरण जसरी यहाँनेर यसरी उल्लेख गरिएको छः वर्तमान समयमा मानिसहरु प्यासी बनेका छन् । स्वार्थी छन् यो सत्य हो, घरमा, समाजमा छुवाछुतविरुद्ध आवाज उठाउनेलाई बहुमतको आधारमा पागल घोषित गर्नेदेखि लिएर खिल्ली उडाउने प्रशस्त देखेँ मैले । कुलकुल्यान्का कुरा गर्ने धेरै देखें, तर यसरी जड गाड्ने पनि त विवाह हुनु पूर्व होस् या त पछि नै, शाररिक यौन प्यास मेटाउन केटी भए पुग्ने ती युवा जब एक दलित समुदायकी कुनै नारीसँग शारिरिक सम्बन्ध राखेर घरमा आउँछन्, बस्छन्, उनीले यो सोच्दैनन् कि मैले कति पाप गरेँ ।

यदि इन्टर कास्टसँग सिन्दुर मात्र परेकी दलित समुदायकी नारी भित्र आउन हुन्न भन्ने युवाले राखेको शाररिक सम्बन्धमा कुनै कुलकुल्यान नहुने तर सिन्दुर मात्र पहिरिएको नारी कसरी अपवित्र बनिन् ? कहिले तपाईंले विचार गर्नु भयो ? दलित भनेर भेदभाव गर्ने तपाईं र तपाईंको छोरा-छोरीले राखेको शाररिक सम्बन्ध पछि घरमा आएर तपाईंलाई खान दिएको खाना तपाईंले मजासँग खानु भयो । छोराछोरी पवित्र बने, त्यहाँ तपाईंलाई पत्तै भएन होला, हजुरको सन्तानले कोसँग सम्बन्ध गाँस्यो, के भयो ? यसरी गरिएका सबन्धमा कुल देवताले त केही गर्नु भएन ? त्यहाँ जातको कुरा आएन ।

तपाईंको सन्तान उच्च जातको बन्यो तर त्यही सन्तानले सिन्दुर मात्र राखेको केटी कसरी अपवित्र बन्यो ? कसरी कुल कुलियानले सँहदैनन् ? के तपाईंले कहिलेकाहीं यसरी जातियताविरुद्ध सोच्नु भएको छ ? छैन भने सोच्नुहोस्, तपाईंमा स्वार्थीपन कति रहेछ । के कुल कुल्यान्नले सहँदैनन् ? सहँदैनन् भने तपाईंको सोच गलत छ । तपाईंको विचार गलत छ । जसरी शाररिक सम्बन्ध र सिन्दुर मात्रको फरकमा तपाईं भ्रममा रहँदै आउनु भएको छ । त्यो भ्रम र सोच नै वास्तवमा तपाईं नै नीच हो भन्ने प्रमाण हो । त्यसैले कुनै विरोध गर्नु पूर्व सोच्नुहोस् त, कसरी नकारात्मक भावना र जडले हाम्रो समाज परिवर्तन हुन सकेको छैन, विरोधमा जकडिएको छ ।

(नोटः काल्पनिक सोचमा आधारमा लेखिएको यो लेख यदि कसैसँग मेल खाएमा संयोग मात्र हुनेछ ।)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button