
सुनिता भर्सेस अनिता
लघुकथा
तारा घिमिरे
संखुवासभा
सुनिता र अनिता दुवै एउटै कक्षामा पढ्ने एउटै गाउँमा हुर्किएका साथी हुन् । फरक यति थियो, सुनिता बाबुआमासँग हुर्किएकी सुविधासम्पन्न परिवारकी थिइन् तर अनिता जन्मिदै बाबा बितेको र आमा अन्त गैसकेकी हुनाले हजुरआमा र काकाकाकीसँग कडा परिश्रम गरी हुर्किएकी हुन् । उनी अत्यन्तै कडा मिहिनेत गरेर घरको काम सकेर आफ्नो गृहकार्य गरेर जान्थिन । सुनिता धेरै माया पाएर फुर्किएकी र मिहिनेत गर्ने बानी थिएन ।
एकदिन सुनितालाई घमण्ड चढेछ । विद्यालयबाट घर फर्किदा अनितालाई भनिन्, तिम्रो त कोहि छैन । घरमा काम गर्छौ । तर पनि मसँगै उतिर्ण कसरी हुन्छौ ? यो हुन सक्दैन । बिचरा अनिता, चुपचाप लागेर सुनेर घर फर्किइन् । ऊनी रुदैँ पीडालाई शक्तिमा बदलेर म पनि एक्दिन केहि गरि देखाउँछु भनेर झन् मिहिनेत गरिन् र अर्को परीक्षादेखि अनिताले हरेक पटक प्रथम स्थान लिन सफल भइन् । सुनिता भने दिन दिनै भोगविलाश र आनन्दमा हुर्किदा पढाई झन् खस्किन थाल्यो ।
एसइइमा अनिताले ए ग्रेड सुनिताले र बि प्लस ल्याए । अनिताको सहरमा गएर पढ्ने अवस्था थिएन । गाँउको कलेजमा भर्ना भइन् । उता सुनिता मँहगो कलेजमा भर्ना भैइन । केहिको दुख थिएन । संगत त हो, एक दिन धनी केटासँग चिनजान । भयो दुवैले एक अर्कालाई मन पराए । कलेज छोडेर घुम्न जान्थे । पढाई दिनदिनै बिग्रन थाल्यो । उनीहरु लागुपदार्थ सेवन गरी आपसमा झगडा गरिरहेको बेला प्रहरीले समाएर थाना पुर्यायो । त्यति बेला अनिता पढेर आयोग पास गरी अधिकृत भैसकेकी थिइन् ।
त्यो अवस्था देखेर ऊनी अनिताले छक्क पर्दै ऊनी मेरो साथी हुन् भनेर मिलापत्र गरि दिएर पठाइन् । साथीको महत्व, लगनशीलता र परिश्रमको परिणाम बल्ल सुनिताले बुझिन ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



