उत्कृष्ट सात शेर

गमुको यात्रा साहित्य समाजको गजल ‘शेर’ लेखन अभ्यासका उत्कृष्ट सात शेरहरू:


संघर्षको मैदान बाट रित्तो जान्छन् सबथोक छोडेर
त्यसैले म मान्छेलाई ब्रह्माण्डका खेताला सम्झिन्छु ।
कवि काफ्ले


खाली पाउ चर्काे घाममा उकाली ओराली गर्दा
कतै खुइलिएका, कतै डढेका छाला सम्झिन्छु ।
सावित्री अधिकारी


रहरमा खाई नखाई दुःख गरेर जोडेको
साहुलाई जाकटी राखेको सुनको बाला सम्झिन्छु ।
सेमन्त दाहाल


गरिबीको कारण ऋण गरेर चलाएँ गुजरा
आज घरमा साहुले लगाएको ताला सम्झिन्छु ।
श्यामकुमार क्षेत्री मुस्कान


दुध बेचेर रक्सी पिउनेहरु मालिक छन् यहाँ
तर अमिलो मोही नभेट्ने गोठाला सम्झिन्छु ।
गुरु सुबेदी


निथ्रुक्क भिजेका ती लामा परेलीका भाकाले
शुभ यात्रा भनेर लगाएको माला सम्झिन्छु ।
सुन्दरी घिमिरे


प्रदेशको घामले भत भत पिल्स्याउँदा
आमाका पट पट फुटेका पैताला सम्झिन्छु ।
असुल बस्नेत, हाल साउदीबाट

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button