
सिंहदरबार छिरेर लुटेको देख्दा अचम्म लाग्छ
गमुको पाठशाला उत्कृष्ट श्रृँखला -मुक्तक_
मदन खड्का
संखुवासभा
१
सिंहदरबार छिरेर लुटेको देख्दा अचम्म लाग्छ
न्याय माग्ने जनता कुटेको देख्दा अचम्म लाग्छ
चार पटक असफल भएर पाँचौँ अवसर पाँउदा
फेरि हत्यारा छुटाउन जुटेको देख्दा अचम्म लाग्छ
२
कोही सत्ताबाट रोडसम्म झरेको देखियो
बाँदरको रूपधारण पनि गरेको देखियो
राजनीतिलाई आयस्रोत बनाएर होला
अवसरवादीहरू यताउता सरेको देखियो
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



