एनएमए–२०२५ निर्वाचनका लागि कुल टिम घोषणा

भदौ ७ गते हुन गइरहेको नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनका लागि कुल टिम घोषणा भएको छ । ‘हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान, सशक्त संघ र दिगो पर्वतीय पर्यटन’ नाराका साथ एनएमए–२०२५ का लागि उम्मेदवारी घोषणा गरिएको हो ।

अध्यक्षका प्रत्यासी कुलबहादुर गुरुङको नेतृत्वमा टिकाराम गुरुङ .वरिष्ठ उपाध्यक्ष, मिङमा म्याबु शेर्पा प्रथम उपाध्यक्ष, धनबहादुर गुरुङ द्वितीय उपाध्यक्ष, बिमलकुमार नहकी महासचिव, डीमा डिकी शेर्पा सचिव र सुमी लामा कोषाध्यक्षका प्रत्यासी छन् । पुष्कर शाह, बलबहादुर सुयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, सुदास लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गीता राई र अशोक तामाङ सदस्यहरुका उम्मेदवार छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button