‘सरकार प्रधानमन्त्रीले होइन, पत्रकारहरूले नै चलाइरहेका छन्’
रूकुमबाट राजधानी हुँदै हाल अमेरिका पुगेका छन् । पत्रिका, टेलिभिजन हुँदै अनलाइनसम्मको अनुभव छ उनीसँग । नेपालनाम्चाको नयाँ स्तम्भ ‘रोचक-रमाइलो‘मा पत्रकार भोला आचार्य ।
१. पहिलोपटक समाचार छापिदाको क्षण । एक कोलमको सानो समाचार अरूलाई देखाउदै हिड्दा लम्च खानै भूलेको कुरा सम्झिदा रमाईलो लाग्छ ।
२. २०५८-५९ सालतिर हुनुपर्छ, गाउँमा बसेर पत्रकारिता गर्नेक्रममा एउटा भैसी र रॉगाको संभोग गरेको फोटोग्राफी आफ्नो नामसहित छापिएपछि सबैले जिस्काएपछि अप्ठ्यारो महसुस भयो ।
३. माओवादीको कार्यक्रममा जॉदा सहिद परिवारलाई अविर लगाउँदा मलाई पनि अविर लगाईयो तर मेरो परिवारमा न त कोही माओवादी थियो न सहिद नै ।
४. २०५८ सालतिरको कुरा हो, बेलुकीतिर जिल्ला (रूकुम) प्रहरी कार्यालय हुदै वाकिडमा गएको बेला डेढ घण्टा थुनिएको कुरा सम्झेर रमाईलो लाग्छ ।
५. टेलिभिजन कार्यक्रम चलाउँदा एकरदुई वाक्य वोल्दा पनि १० औं टेक लिएर बोल्दा पसिना निक्लेको कुरा संम्झिदा ।
६. वालुवाटारमा प्रमले चियापानमा बोलाउदा उत्साहित हुँदै पुगेर अरू पत्रकार साथीहरूको गफ सुन्दा लाग्यो, सरकार-देश प्रमले होइन, पत्रकार साथीहरूले नै चलाइरहेका छन् ।