मेरो लेखाइले धेरै पूर्व सहकर्मीहरुको चित्त कुँडिन पनि सक्छ

अनौठो सनकः टुंगोमा पुग्न बाँकी नै छ

चन्द्र खाकी

अनौठो सनक दिमागमा चढेको छः पत्रकारिता यात्राको आफ्ना अनुभूतिहरुलाई लिपिबद्ध गर्ने र क्रमशः फेसबुक र अन्य माध्यमहरुबाट प्रकाशित गर्दै गर्दै जाने । २०४३ सालमा काठमाडौं खाल्डोमा छिर्दा पत्रकारिताको पमा पनि रुचि नभएको मानिस म, आफूले नलेखेको समाचारले तारिफ पाउँदाको लोकलाजले पत्रकारितामा जबरजस्ती डोरिएको प्रसंगबाट शुरु गर्दै पछिल्लो चरणमा रातोपाटी डटकम परित्याग गर्दासम्मको खुद्रा अनुभूतिहरुलाई लिपिबद्ध गर्नुपर्ला कि भन्ने सोच पलाएको छ ।

लेखिहाल्ने टुंगो त गरिसकेको छैन, तर लेखिहालियो भने केही प्रसंगहरु यस्ता हुन सक्छन् :

१, नलेखेको एउटा समाचार, जसले मलाई पत्रकार बन्न बाध्य तुल्यायो
२. मिटिङमा व्यस्त जिएम साहेब, जो भित्र पत्रिका पढेर पत्रकार छलिरहेका थिए
३. एक अक्षर ‘न’ को करामत, जसले सिंगो सम्पादकीयको मर्मलाई बदलिदिने गर्थ्यो
४. मदनमणि माडसाबको झपराइः के म तपाईंको कारिन्दा हो ?
५. संरचना सम्पादनको सम्झनाः नयाँ जोगीले बढी नै खरानी घस्छ !
६. मदनमणि दीक्षित, खगेन्द्र संग्रौला, शारदारममण नेपाल, राजेन्द्र सुवेदी, रुद्र खरेल सरहरुले नियमित स्तम्भ लेखिदिनुहुँदाका खुसी
७. एमाले महाधिवेशनका कालीदासः मदन भण्डारीसँगको सम्झना
८. क्यासेटले धोका दिँदा रेकर्ड नै नभएको भूमिगत नेतासँगको अन्तर्वार्ताः छापिएपछि प्रशंसा नै पाइयो
७. थानको थान समाचार छापिनुपर्ने माग गर्ने यानप्रसाद, जसको नामाकरण नै थानप्रसाद गरियो
८. जब बाबुराम भट्टराई र पम्फा भुसाल बतासिँदै पत्रिकाको कार्यालय छिरे
९. खाकी भन्ने शंकास्पद मान्छे, जसले लुम्बिनी डुबाएरै छाड्यो
१०. मूल्यांकनको ८ प्लस ६ वर्षः केही तीतामीठा सम्झनाहरु
११. नवयुवासँगका सम्झनाहरु, जसले मलाई विज्ञान लेखक बनायो
१२. मूल्यांकनको विग्रहः पत्रकारिताप्रतिको मोहभंग
१३. ‘दरवारिया पत्रकार’का भाइको आरोपः मेरो दोष के ?
१४. गोरखापत्र संस्थानमा सल्लाहकार बन्दाका तीतामीठा सम्झनाहरु
१५. रातोपाटीसँगको जोडाइः पत्रकारिताको यात्रामा पुनरागमन
१६. मैले किन छाडे रातोपाटी ?
१७.. मिशनकारिता, दलालकारिता र वार्गेनिङकारिताका माखेसाङ्लोः पत्रकारिता यात्रामा देखे–भोगेका केही खस्रामसिना अनुभूतिहरु

(सम्झँदै–लेख्दै जाँदा यस्ता अन्य थुप्रै प्रसंगहरु थपिँदै जालान्)

फेरि पनि भनौं, लेखिहाल्ने टृुंगोमा पुगिसकेको छैन, लेखिन पनि सक्छ, नलेखिन पनि सक्छ । लेख्दैमा ठूलै उपलब्धि हुने वा नलेख्दैमा आकाश खसिहाल्ने पनि होइन । तर एउटा कुरा प्रष्ट पारौं, लेखिहालें भने नढाँटिकन, यथासक्य सत्यतथ्य लेखिने छ । यो कुरा सुनिश्चित छ, मेरो लेखाइले धेरै पूर्व सहकर्मीहरुको चित्त कुँडिन पनि सक्छ । तर कसैको चित्त कुँडिएला भन्ने भयले आफैंप्रति बेइमानी गर्न कहाँ सकिएला र ? (खाकीको फेसबुकबाट)

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button