शिवलाई जल, वेलपत्र र स्मरण निकै प्यारो

ब्राह्मणपुत्रको लकडाउन डायरी-८१

सोमबार ४ साउन २०७८ ।

आज साउनको पहिलो सोमबार । आमा, दिदीबहिनीहरुको व्रतको दिन । हरियो पहिरनमा सजिएर शिवालय, देवालयमा पूजा आराधना गरेर आफु र परिवारमा शान्तिका लागि व्रत बस्ने दिनको शुभकामना ।

शिवको पूजाविधि सजिलो छ । शिवलाई जल, वेलपत्र र स्मरण निकै प्यारो लाग्छ । सोमबार भक्त र मनको भगवानसँग वार्ता गर्ने दिन हो । सोमबार कलह हुने गरेको छ भने मान्नुस्, त्यो घरमा शिव र पार्वतीको मिलन त्यति राम्रो छैन । हुन त हरेक दिन घरमा कलह नगर्नु नैं राम्रो तर सोमबारको दिन घरमा पत्नीसँग विवाद गर्दा दुवैलाई हानी हुन्छ भनिएको छ ।

सोमबार व्रत बस्ने आमा, दिदीबहिनीहरुलाई पुरुषले घरको काममा सहयोग गरे व्रत बसेको केही फल सहयोग गर्नेले पनि प्राप्त गर्छ । आधुनिक चिकित्साशास्त्रले पनि मानेको कुरा हो, हप्तामा एक दिन व्रत बस्नु स्वास्थ्यका लागि राम्रो । आयुर्वेदशास्त्रले त हरेक एकादशीमा व्रत गर्नु अनिवार्य भनेर तोकेको छ । एकादशीको दिन अन्न ग्रहण गर्न निषेध गरिएको छ । त्यसो त सोमबारको दिन आमा, दिदीबहिनीहरुले मात्र व्रत बस्नु पर्छ भन्ने केही छैन । बा, दाइभाइले पनि व्रत बस्न सक्नुहुन्छ ।

साउन आत्मा, मन र वचन शुद्विकरण गर्ने महिना हो । साउन महिनालाई श्रावणी भनेर पनि भनिन्छ । साउन महिलाहरुले हरियो परिहन लगाउने, शुद्व मनले भोजन तयार गर्ने, पुरुषहरु दा¥ही, कपाल नकाटिकन योगी बन्न खोज्ने महिना पनि हो । साउन महिनाको १५ गते खीर खाने चलन छ । साउन शुक्लपक्ष पञ्चमीको दिन घर–घरमा नागको तस्विर टाँस्ने र नागपूजा गर्ने चलन छ । पूर्णिमाको दिन रक्षाबन्धन, ऋषितर्पणी गर्ने र भाद्रकृष्णपक्ष प्रतिपदाको दिन गाईजात्रा मनाइने छ ।

आजको दिन दशमी तिथि र उप्रान्त एकादशी शुरु भएको छ ।सवारीसाधन खरिद गर्ने हो भने सोमबारको दिन शुभबार हो । सोमबार खरिद गरेको नयाँ कपडा धेरै समयसम्म टिकाउ हुन्छ । सोमबारका देवता हुन् लक्ष्मी, ग्रहदेव सूर्य । देवता लक्ष्मी र ग्रहदेव सूर्य भएको दिन जनहितको काम गर्दा आत्मबल प्रवल हुनेछ । अर्थात आजको दिन समाजसेवा र सामाजिक कामका लागि केही समय मात्र दिनु भयो भने मनमा सत्कर्म गर्ने भावना बृद्वि हुन्छ ।

व्रत बसेको दिन कम बोल्ने तर मनमनैं साधना र जप गर्दा राम्रो हुन्छ । आफ्नो कुलदेवता, ग्रामदेवता, वास्तुदेवता र आफूलाई मनपर्ने कुनै पनि देवताको स्मरण गर्दा पनि हुन्छ ।
साउनमा पुरुषहरु बोलबम जाने पनि परम्परा छ । यस पटक महामारीका कारण स्वास्थ्य मापदण्डको नियम पालना गर्नु वेश हुनेछ । सायद यो बर्ष पनि बोलबम कार्यक्रम नहुन पनि सक्छ । आफू बसेको नजिकैको शिवालय वा घरमा स्थापना गरेको शिवालयमा नैं जल अर्पण गर्दा पनि मनोकांक्षा पुरा हुनेछ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button