नमः शिवाय भनेर स्मरण मात्र गरियो भने शिव घर-घरमा आउनुहुनेछ

ब्राह्मणपुत्रको लकडाउन डायरी–७४
भरत शर्मा

२०७८ असार २८ सोमबार ।

शिवका स्मरण गर्ने बार । हरेक सोमबार विशेष लाग्छ । नमः शिवायः बाट आजको दिनफल शुरु गरेँ ।

आज निकै–निकै महत्वपूर्ण दिन हो । असार शुक्लपक्षको द्वितीय प्रयन्त, तृतीया तिथि र श्री जगन्नाथ रथयात्राको दिन हो । भारतको उडिसा राज्यमा रहेको जगन्नाथ मन्दिरमा आज रथयात्रा गर्ने गरिन्छ । आज ११ः ४२ देखि १२ः ३७ समयसम्म अभिजित मुहूर्त रहेको छ । ज्योतिषशास्त्रमा अभिजित मुहूर्त भएको बेला निकै शुभ कार्य गर्दा सफल हुने विश्वास छ ।
ज्योतिषीहरुले कुनै राम्रो कामको शुरुवातका लागि यो मुहूर्तको दिन पर्खेर बस्ने गर्दछन् । आज शुक्लपक्षको सोमबारको दिनको अभिजित मुहूर्त निकै राम्रो दिनभित्रको समय मानिन्छ । यदि तपाईहरुले पनि कुनै नयाँ कार्ययोजना वा र कार्यालयमा कुनै नयाँ ठूला निर्णय गर्न लाग्नु भएको छ भने यो समय निकै राम्रो मानिन्छ ।

अभिजित मुहूर्त सनातनशास्त्रमा सबैभन्दा शुभ मुहूर्त हो । यो मुहूर्त भएको दिन पूजा, आराधना, हवन गर्दा मनोकाक्षा पुरा हुने विश्वास छ । त्यसैले आजको दिनलाई शुभ दिन मान्न सकिन्छ । बिहान राहुकाल थियो । राहुकाल सकिएपछि आज दिनभर शुभ समाचारको दिन हो भन्न सकिन्छ । सोमबार र अभिजित मूहुर्त भएको दिन सवारीसाधन, वाहन खरिदको लागि उत्तम दिने हो । आज नयाँ बस्त्र (कपडा) खरिद गर्दा निकै राम्रो हुन्छ । सोमबारको दिनको यात्रालाई शुभ मानिन्छ । यदि तपाई जागिरे हुनुहुन्छ भने सोमबारको दिन समयभन्दा केही पहिले कार्यालय जानु निकै उपयोगी मानिन्छ ।

ब्यापार ब्यबसायको लागि पनि आजको दिन निकै शुभ रहेको छ । यात्रामा घरबाट बाहिर निस्कँदा पूर्व दिशा अर्थात सुर्यनारायणको दर्शन गरेर घरबाट बाहिर निस्कनु शुभ मानिन्छ ।
परिवारका जेष्ठ सदस्यहरुले आज आफना कनिष्ठ सदस्यहरुलाई केही उपहार दिदाँ परिवारमा निकै भावनात्मक सम्बन्ध विस्तार हुन्छ । सोमबार, अभिजित मुहूर्त भएको दिन आफना परिवारका सदस्यहरुलाई केही उपहार र मिठो खाना दिएमा परिवारभित्र शान्ति र सद्भाव हुने छ । आजको दिन हिंसात्मक कार्य नगर्नु भनिएको छ ।

बार र नक्षत्रफल मात्र शुभ होइन, आज तिथिका हिसाबले पनि निकै शुभ दिन छ । आजको दिन कुनै पनि नयाँ काम गर्दा त्यो कामले अन्नत सफलता प्राप्त गर्दछ । आज आफना छोरो–छोरीलाई नयाँ कुनै पुस्तक, कलम वा कापी भने पनि किनेर दिनुभयो भने पनि छोरा, छोरीमा पढ्न लेख्न मन लाग्ने दिनफल रहेको छ ।

आज बिहान सूर्योदय ५ बजेर १८ मिनेटमा भयो भने सूर्यास्त साँझ सात बजे हुनेछ ।

महामारीको बेला घर बाहिर जानु उत्तम छैन । घरमा बस्नु राम्रो हो । त्यसैले मन्दिर जान सकिएन भने पनि मनमनै नमः शिवाय भनेर स्मरण मात्र गरियो भने शिव खुसी भएर घर–घरमा आउनुहुनेछ भन्ने आस्था छ ।

शुभदिन !

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button