ऋण फिर्ता गर्नु, दक्षिण नजानु

ब्राह्मणपुत्रको लकडाउन डायरी–७०

आज बिहीबार । आषाढकृष्ण चर्तुदशी तिथि । बिहीबारलाई बृहस्पति वा गुरुबार पनि भन्ने चलन छ ।

आज बिहान सूर्योदय ५ बजेर १५ मिनेटमा भयो भने साँझ सात बजे र तीन मिनेटमा सूर्यास्त । विहीबारको दिन दिनको एक बजेर ५३ मिनेटमा राहुकाल शुरु हुनेछ भने ३ः ३० बजे सकिने छ । आज कृष्ण चर्तुदशी तर साँझ ५ बजेर ५२ मिनेटपछि औशी शुरु हुनेछ । चन्द्रमा वृष राशिमा प्रवेश गर्नेछ ।

राशिचक्र मान्यताअनुसार बृहस्पतिलाई धनु र मीन राशिका स्वामी मानिन्छ ।

विहीबार देवताहरुका गुरु बृहस्पति र भगवान विष्णुको स्मरण गर्ने बार हो । यो दिन व्रत बस्दा विद्या, धन र सन्तान सुख प्राप्त हुने सनातनीय मान्यता छ । सनातन धर्ममा आस्था राख्नेहरुको लागि ३३ काेटी देवी–देवता छन् । यी सबै देवीदेवताको पूजा, आराधना र व्रत गर्न कति सम्भव छ ? तर, हरेक बार र हरेक दिनको अलग–अगल महत्व रहेको छ ।

विहीबारको दिन विष्णुपत्नी लक्ष्मीको आराधना गरिन्छ । धनकी देवीको आराधनाका लागि महिलाहरुले विशेषगरी विहीबारको व्रत गर्ने गर्दछन् । अध्ययन, अनुसन्धान र अध्येताका लागि पनि बिहीबारको दिन विशेष दिन हो । ज्ञान साधनाका लागि विहीबारको दिन बृहस्पतिको विशेष पूजा आराधना गर्ने चलन छ ।

हरेक बार अनुसारको रंग र कपडा लगाउने मान्यता छ । विहीबार पहेँलो रंगको कपडा लगाउने गरे शुभ फल मिल्छ भन्ने गरिन्छ ।

सुनेको हो, बिहीबारको दिन कपाल, दारी काट्नु हुँदैन । हरेक दिन दारी काट्नेका लागि भने दोष हुँदैन । तर, दारी पालेको छ भने विहीबारको दिन काट्नु दोष लाग्छ ।

आज बिहीबार के–के गर्दा शुभ हुन्छ ?

विहीबारको दिन नयाँ ब्यवसाय शुरु गर्दा राम्रो हुन्छ । तर, त्यो दिनको तिथिलाई ध्यान दिनुपर्छ । चुर्तदशी र औंशीभन्दा पहिलेको दिनलाई त्यति राम्रो मानिदैन ।

अध्ययन–अध्यापन र विद्यालय र विश्वविद्यालयमा भर्ना गर्दा विहीबारको दिन रोजे राम्रो हुन्छ । विहीबारको दिन आफू बस्ने नजिकको मन्दिर वा धार्मिक तीर्थस्थलको भ्रमण गर्दा शुभफल प्राप्त हुन्छ ।

विहीबारको दिन विशेष गरी विद्युतीय सामान, बहुमूल्य धातुका सामान खरिद गर्दा त्यो टिकाउ हुने सनातनीय परम्परा छ । विहीबारको दिन दक्षिण दिशा भएर यात्रा नगर्न भनिएको छ ।

आज तिथिको हिसाबले कृष्ण चर्तुदशी भएकाले गृहस्थ सम्बन्धी नयाँ कार्य गर्दा शुभ मानिदैन । यदि ऋण लिएको छ भने चर्तुदशीका दिन फिर्ता गर्नुलाई उत्तम मानिएको छ ।

आज मृगशिरा नक्षत्र परेको छ । यो नक्षत्रका समयमा यात्रा गर्नु उत्तम मानिन्छ । तर दक्षिण दिशा छोडेर अन्य दिशातर्फको यात्रा शुभ हुनेछ । सामाजिक कार्य, नयाँ मित्र र अध्यात्मिक कार्यका लागि पनि यो नक्षत्र उत्तम मानिएको छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button