जन्मनै पर्नेछ एउटा बुद्ध फेरि नेपालमा

कविता

इच्छा शाक्य
कक्षा ९, स्वर्णिम स्कुल, डल्लु आवास, काठमाडौँ ।

शान्तिका अग्रदूत जन्मेको देश नेपालमा
अझै पनि क्रान्ति नै क्रान्ति छ यो देशमा,
उसै त कोरोनाले आक्रान्त परेको यो देशमा
त्यसैमाथि शान्तिकै हाहाकार छ यो देशमा
त्यसैले त एउटा बुद्ध जन्मनुपर्छ यो देशमा !

हामीले सधैं सुन्नुपरेको छ हत्या अनि अपहरण
गुमाउनु पर्दा दु:ख लाग्छ जीवनहरू अकारण
कालले भन्दा अकालले नै मरेका छन् कति यहाँ
यसकै लागि पनि जन्मनुपर्छ फेरि बुद्ध यहाँ ।

किन हराउँदै गएको छ बुद्धत्व यहाँ नेपालमा
सम्झनै छाडिसकै राम्रा कुरा त अचेल यहाँ
मनभित्र राम्रा कुरा थप्नकै लागि भए पनि नयाँ
एकचोटि फेरि जन्मनुपर्ने छ बुद्ध नेपालमा

हटाउनकै लागि पनि यी सबै स्वार्थ र क्रान्ति
जगाउनु नै छ अब हामीले देशमा दिगो शान्ति
यसका लागि चाहिएको छ उपाय केही नेपालमा
त्यसैले त जन्मनै पर्छ बुद्ध फेरि यो देशमा ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button