हजुरआमाः साहसको अर्को नाम मथुरादेवी

विश्वराज अधिकारी
हाल: अमेरिका ।

मैले मेरी हजुरआमा (पिताको आमा) मथुरादेवी उपाध्यायलाई आफू बुझ्ने अवस्थमा पुगेपछि देख्न पाइन । मथुरादेवीको मृत्यु हुँदा मेरो उमेर दुई वर्षको थियो । त्यसबेला जन्म र उमेरको अभिलेख राख्ने प्रचलन नभएकोले उहाँको जन्म कुन सालमा भयो यकिनसाथ भन्न सकिने स्थिति छैन । तर, पनि त्यसबेलाको घटनाक्रमको अध्ययन गर्दा मथुरा देवीको जन्म बिक्रम सम्वत् १९७० सालमा भएको थियो । त्यस्तो अनुमान गर्न सकिने आधारहरू छन् । उहाँले देह त्याग भने भारतको रक्सौलस्थिति डङ्कन अस्पतालमा गर्नु भएकोले मृत्युको अभिलेख छ । उहाँको मृत्यु २०१८ सालमा भएको थियो ।

लगभग पचास वर्षे उमेर बाँच्नु भएको मथुरादेवीले आफ्नो जीवनमा निकै कष्टका दिनहरू देख्नु भयो । अति संघर्षमय र कष्टर जीवन भोग्ने क्रममा, सामान्य रोगको उपचार नपाएर, अल्प आयुमा उहाँको ज्यान गयो ।

मथुरा देवी १२ वा १५ वर्षको हुँदा उहाँको विवाह ५० वर्ष उमेर पुगेका पण्डित खकुमार उपाध्यायसँग भएको थियो । मकानपुरमा पहिले विवाह गरेका खकुमारले आफ्नी पहिलो पत्नीको देहान्त भएपछि आफूभन्दा ज्यादै कान्छी मथुरासँग विवाह गरेका थिए । मेरो पिता देवराज उपाध्याय ९मथुरादेवीको जेठा छोरा० का अनुसार मथुरादेवीका माइतीले आफूहरू ज्यादै नै गरिब भएकोले आफ्नो सन्तान ९मथुरा० को त्यसरी अनमेल विवाह गराएका थिए ।

उमेरमा आफूभन्दा निकै जेठा रहेका खकुमारसँग मथुराको वैवाहिक जीवन लामो समयसम्म रहन सकेन । केवल १५ वर्ष जति सधुवा ९पति सहित० रहेर ३० वर्षको उमेरमा मथुरा विधुवा भइन् । खकुमारको सहयोग बिना पाँच ९दुई सन्तानको शैशवकालमा र एक सन्तानको नव युवा अस्थमा मृत्यु० सन्तानको लालन पालना अति कष्टपूर्ण रहेकोले मथुराले पाँच मध्ये दुई सन्तानहरूलाई मात्र हुर्काउन सकिन् । तिन सन्तानहरूले लामो समय यो संसार देख्न पाएनन् । लामो दारी पालेका र आफूभन्दा निकै वृद्ध व्यक्तिलाई देखेर डराउँदै मथुरादेवी विवाहको एक दुई वर्ष भागेर दुई तिन किलोमिटरको दुरीमा रहेको माइती गाउँ सुदामा पुगिन् तर पछि नियतिलाई स्वीकार्दे ती वृद्ध व्यक्तिलाई आफ्नो पतिको रुपमा ग्रहण गरिन् ।

सर्लाही जिल्लाको छतौना ९पहाडी टोल० मा स्थाइ बसोबास भइकी मथुराले आफ्नो जीवनमा सुख कहिले देख्न पाइनन् । जहिले पनि दुस्ख देख्नु पर्ने उनको नियति भयो । बाग्मती नदी छतौनादेखि ज्यादै नजिक रहेकोले बाढीले छतौना र वरपरका गाउँलाई ९बाढी आएर० अति सताउने गर्थ्यो । यही क्रममा एक दिन ९सम्भवत २००९ साल० बाग्मतीले विसाल बाढी लिएर आयो । छतौना र वरपरका गाउँका खेतहरू बाग्मतीको बाढीले बोकेर ल्याएको बालुबाले पूर्ण रुपमा छोपिए । मथुरासँग रहेको दुई चार बिघा खेत अब अन्न नफल्ने गरी सँधैको लागि बरबाद भयो । बिक्री गर्न खोज्दा पनि बिक्री हुन नसक्ने अवश्थामा ती खेतहरू पुगे । त्यही समयको आसपासमा मथुराका जेठा सन्तान ९देवराज० टीबी रोगले ग्रसित भए । देवराजको ज्यान त जोगियो तर उपचारको क्रममा भारतको दरभंगा कारिब एक वर्ष बस्दा मधुराले सम्पत्तिको नाममा रहेको सबै जमिन बेच्नु पर्यो । दुई छाक ढुक्कसँग खाने समस्या आइ लाग्यो, मथुरादेवीमा । देवराज स्वस्थ्य भएर आउँदा पनि उनी शारिरीक र मनोवैज्ञानिक रुपमा कमजोर नै रहे किनभने उनको देव्रे छातीको लगभग सबै करंग टीबीले गर्दा काट्नु परेको थियो ।

आफू र परिबार गरिबीमा बाँचे पनि छोरा देवराजमा उत्साह भर्दै मथुराले उनलाई हुर्काइन् । ‘आधार शिक्षा तालिम’ लिन २००६ सालमा देवराजलाई काठमाडौ पठाइन् । कडिएल राणा शासक कमर्चारीहरूले ‘ढिलो पुगेको’ भन्दै देवराजलाई तालिम दिन मानेनन् तर पछि अनुनयन विनयन गर्दा तालिम दिन तयार भए । केही सर्त राखेर तालिम दिए ।

देवराज काठमाडौबाट तालिम लिएर आएपछि रौतटह जिल्लाको सिम्रा भवानीपुर गाउँको स्कूलमा हेड मास्टर भए । मथुरा देवीले अब दुख दिन गयो भन्ने सोच्न थालिन् । तर त्यस्तो हुन सकेन, मथुराको जीवनमा । एक दिन ढिंकीमा धान कुट्दा, २०१४ सालतिर, ढीकीको मुस्लोले उनको हात छिया छिया पार्यो । ढिकी चलाउँदा, ढिकी चलाउने अनि ओखलमा धान हाल्ने र झिक्ने बिच राम्रो समय(सन्तुलन कायम हुन पर्छ । त्यो हुन सकेन । घाइते मथुराको उपचारमा ढिलाइ भयो । छतौन एवं वरपर राम्रो अस्पताल थिएन । उपचारका लागि भारतका अस्पतालहरूमा लग्नु पर्ने बाध्यता थियो ।

ढिकी-दुर्घटनाको पाँच सात दिन पछि मथुराका छोरा देवराज सिम्रा भवानीपुरबाट छतौना आउँदा आमा थला परिसकेकी थिन । त्यो घटनाको आठ दस दिन पछि मथुरालाई भारतको रक्सौल स्थिति डङ्कन अस्पताल पुर्याउँद पनि उनको ज्यान जोगिएन । टेटनस रोगले उनको शरीर सिथिल भइसकेको थियो । अस्पताल पुगेको भोली पल्ट कर्मठ एवं संघर्षशील मथुराले डङ्कन अस्तपातलमा देह त्याह गरिन् । आफ्नो शरीर र आत्मालाई गरिबीको पीडाबाट मुक्त पारिन् । दुखदायी र अथक संघर्षलाई सदाका लागि विश्राम दिइन् ।

मथुराले आफ्नो संघर्षको प्रतिफल आफूले खान नपाए पनि उनका सन्तती हामीले खान पाएका छौ । उनको स्मरण गर्दै हामी सबै मानव सेवामा जुटेका छौ । जो जहाँ छौ मथुराको देनको ऋणी भएर बाँचेका छौ । उनालाई सदा स्मरण गर्छौ । आज यो मार्तदिवसमा म मथुराका वृहत् परिवारको तर्फबाट मथुरा देवी उपाध्यायलाई उच्च सम्मान दिंदै सलाम गर्छु ।

मथुराको अदम्य साहस बाढी नदेख्नेले बाढीबारे केवल कल्पना गर्न सक्छ तर बाढी देख्नेले बाढीको स्मरण गर्दा पनि भयको अनुभव गर्छ किनभने बाढी अति डरलाग्दो हुन्छ । यो मैले स्वयंले भोगेको कुरा हो । बाग्मतीको बाढी त्यससमयमा अति डरलाग्दो हुन्थ्यो । अहिले जस्तो प्रविधि त्यसबेलामा बाढी नियन्त्रको लागि उपलब्ध थिएन । बाग्मतीमा बाढी आएर त्यो बाढी छतौना पस्दा स्थिति अति नै भयावह हुन्थ्यो । प्रत्येक वर्ष बाढी आउने भएकोले छतौना पहाडी टोलका सबै परिवारले घर भित्र मचान बनाएका हुन्थे बाढीबाट जोगिनका लागि । धनीहरूले दुई तल्ले काठका घर बनाएका थिए । चन्द्रलाल ९अधिकारी० मुखियाका दुई भाइ छोराहरूले दुई तल्ले काठका घर बनाएका थिए ।

बेगवान भेलसहित आएको बाग्मतीको बाढीले ठूलो परिमाणमा रुख, हाँगा बगाएर ल्याउने गर्थ्यो । वर्षभरिका लगि दाउराको जोहो गर्न होचो कद भएकी र घोघ ९घुम्टो० तान्न बाध्य मथुरा देवी बाग्मतीको बाढीले बगाएर ल्याएको रुख, हाँगा लिन बाग्मतीमा हाम फाल्थिन, पौडी खेल्दे बगाएर ल्याएका रुख, हाँगा समातेर तिनलाई किनारमा राख्थिन । त्यस्तो डरलाग्दो बाढीलाई चुनौति दिंदै बाग्मतीमा पसेर ल्याएको रुख, हाँगालाई पछि घरसम्म ल्याउने व्यस्था मिलाउथिन् । त्यसबेला छतौनाको पहाडी समाजमा महिलाहरूले त्यस्तो कार्य गर्नु एकातिर दुस्साहस थियो भने अर्कोतिर लज्जाको विषय पनि । तर त्यस्तो समाजमा पनि, आफ्नो ज्यानलाई जोखिममा राखेर भए पनि मथुरादेवी, सन्तानको भरण पोषणका लागि बाग्मतीलाई चुतौती दिन्थिन् । हरेक वर्ष, साउन भदौमा, बाढीको समयमा, मथुरादेवी र बाग्मतीबिच घमासान कुस्ती हुन्थ्यो । डरलाग्दो कुस्ती हुन्थ्यो । तर त्यो कुस्तीमा बाग्मती हार्थिन, विजय भने मथुरादेवीको हुन्थ्यो ।

बाग्मतीलाई पराजित गरेर दाउराको ठूलो भारी बोक्दै आफ्नो घर छतौना पस्दा मथुरादेवीको छाती जाँतो जस्तै चट्टानी र चौडा हुन्थ्यो । मथुरादेवी सिंगो छतौना गाउँकी आर्दश थिइन् र त्यो आदर्श उनले आफ्नो बहादुरीले र कठोर परिश्रमले प्राप्त गरेकी थिइन् ।

One Comment

  1. सलाम पुज्निय मथुरा देवी …… सत सत नमन ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button