
सानैमा फोहरलाई मोहर बनाउने सैनामैनाका शिवु
रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ८ बाँसगढीका १७ बर्षिय शिवु भण्डारी विद्यालय जाने क्रममा बाटोमा फोहर पाल्ने गरेको देख्थे । विद्यालयमा पढ्दै गर्दा उनले दिनदिनै विभिन्न व्याक्तिहरुले घरको फोहर कुहिने र नकुहिने फोहर बाटो बाटोमा फाल्दै आएको उनले देख्दथे ।
त्यहि फोहोरलाई मोहोर कसरी बनाउने भन्ने विषयमा सोच्दै गए । उनले हिम्मत गरेर आफ्नो गाउँको फोहोर आफै उठाउने योजना गरे । फोहरलाई उठाएर उनले प्रांगारिक मल बनाएर विक्री गर्ने सोच बनाए । सैनामैना वाल क्लवको अध्यक्ष समेत रहेका भण्डारीको दैनिकी अहिले घर घर बाहिर राखिएको डस्विनको फोहर संकलन गर्ने र आफुले निर्माण गरेको संकलन केन्द्रमा पु-याउने भएको छ ।
सैनामैना नगरपालिका वडा नम्बर ८ बाँसगढीमा उनले २७ वटा घरमा आफ्नै खर्चमा कुहिने फोहर र नकुहिने फोहर जम्मा गर्नका लागि डस्विन वितरण गरेका छन् । जम्मा भएको फाहेर प्रशोनधका लागि १० धुरमा आफ्नै जग्गामा खाडल समेत निर्माण गरेका छन् ।
१७ बर्षिय शिवु भण्डारीले अर्गानिक मल नाम दिएको उक्त मल प्रति ५० रुपैयाँमा विक्री गर्दै आएका छन् । अहिलेसम्म करिव २५ हजार रुपैयाँ जति आम्दानी गर्न सफल भएको जानकारी दिदै भण्डारी भन्छन्, ‘पढेको कुरालाई लागू गरेर गाउँ घर पनि सफा हुने आफुलाई पनि फाईदा हुने भएको कारण यता तर्फ लागेको हौ ।’
आफ्ना बुबा गोपाल भण्डारीले पनि ३ विघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् । भन्छन्, ‘बुबाको कृषिप्रतिको लगावको कारण पनि मलाई मल उत्पादन गर्ने लहर जागेको हो ।’
मल बनाउने प्रक्रियाको फोहरमैला संकलन, प्रशोधन र विक्री वितरणका लागि भण्डारीले एक जना सहयोगी समेत राखेका छन् । सैनामैनामा रहेको रामापुर माविमा कक्षा १२ मा शिक्षा शास्त्रमा अध्ययन गर्दै आएका भण्डारीले आफुले स्थानिय तहको सहयोग भएमा यसलाई अझ बढी विस्तार गर्ने योजना बनाइएको जानकारी दिए ।
सैनामैना वाल क्लव सञ्जालको अध्यक्ष समेत भएको कारण अन्य क्लवहरुमा पनि विस्तार गर्ने योजना रहेको उनको भनाई छ ।
मलका लागि उनले २ वटा खाल्डो बनाएका छन् । जसमा संकलन गरिएको फोहर, पराल, घास पात लगायतका बस्तुहरु राखेर त्यसलाई कुहाएर मल बनाएर विक्रि गर्दछन्, जसको लागि ३ महिना लाग्ने गर्दछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



