
मसिनेमा सुशीलाले बनाएको मीठो खाजा खाँदाको मजा
नेपालनाम्चा सम्वाददाता काठमाडौंका डाँडाकाँडा हिँड्दै चन्द्रागिरी नगरपालिकास्थित माथिल्लो मसिनेमा पुग्यो । त्यहाँ सुशीला तामाङको होटल रहेछ ।
‘होटलको नाम के हो ?’, सम्वाददाताले सोध्यो ।
‘खाजा पसल’, उनले भनिन्, ‘हल्काफुल्का मान्छे आउँछन् । सुकुटी, चाउमिन, तरकारी बनाउँछु । खानेले मीठो मान्छन् ।’
सुशीलाले पकाएको चाउचाउको सुप झनै मीठो । रायोको सागमात्र होइन, फर्सीको मुन्टा पनि हालिदिन्छिन् ।
खेतीकिसानी गर्थिन् । पछि कुवेत गइन् । फर्केर आएर होटल सुरु गरिन् । फेरि एक पटक कुवेत जाने मन छ रे । ‘तर, नागरिकतामा उमेर बढी छ, ४९ बर्ष’, उनले भनिन्, ‘साँच्चिकैको उमेर मेरो ४० बर्ष ।’
बाँकी भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



