दुधेश्वरका सरले भने, ‘नरोपी फल्छ आलु ‘

ललितपुरको गोदावरी नगरपालिका वडा नं ७ स्थित देवीचौर, देउरालीमा रहेको दुधेश्वरी दुर्गा आधारभूत विद्यालय परिसरमा नेपालनाम्चा संवाददाता पुग्दा शिक्षक केशवकुमार घिमिरे कक्षा कोठामा नानीहरुलाई पढाइरहेका थिए । २०४३ सालमा स्थापित यो विद्यालयमा उनी २०७४ साल असारदेखि पढाइरहेका छन् ।

त्यसअघि उनी ललितपुरकै भट्टेडाँडा आधारभूत विद्यालयमा पढाउँथे । उनीसँग गफिरहँदा नानीहरु कक्षा कोठामा उनले सिकाएका अक्षरहरु घोक्दै थिए । घिमिरेले स्कुलको मात्र कुरा गरेनन् । पर्यटनका कुरा पनि गरे । र, अरु थुप्रै कुरा गरे । उनले जे जति बोले, त्यो निकै निकै रोचक र प्रेरणादायी लाग्यो । उमेर हदले चाँडै नै अवकाश पाउन लागेका घिमिरेलाई अरु थुप्रै प्रश्न गरियो र गरियो एउटा अर्को प्रश्न, सर, नानीहरु कखरा पढ्दै थिए, मैले त्यहाँबाट तपाईंलाई तानेर कुरा सुरु गरेँ । उनीहरुमा तपाईं आफ्नो अनुहार कत्तिको देख्नु हुन्छ ?

कक्षा कोठाबाट सुरु भएर कक्षा कोठामै टुँगिएको भिडियो हेरौं, सुनौ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button