कथाको कारखानाबाट कमल दाइलाई ‘ह्याप्पी बर्थ डे’

लक्ष्मीप्रसाद खनाल

मैले सानो छदाँ कमल दाइले किन्नु हुने हजारौं पत्रपत्रिका Second hand पढेँ होला । म अलि सानो नै थिए, त्यतिबेला पढ्न मन लागे पनि सायद पत्रपत्रिकामा पैसा हाली हाल्नु पहिलो प्राथमिकतामा पर्दैनथ्यो ।

कमल दाई युवामन्च, मधुपर्क, हिमाल, नेपालदेखि गोरखापत्र, कान्तिपुर, राजधानी, समाचारपत्र सबको बार्षिक ग्राहक ! चांगका चांग लगभग संपुर्ण पत्र पत्रिकाको पुराना अंकहरूको ठेली हुन्थ्यो, सायद २०, २२ बर्षिय कमल दाइको घरमा ।

ऊहाँको सहित्य प्रेम, साहित्यकारहरूप्रतिको प्रेम, पुस्तक प्रेम, पुस्तक प्रकाशन गर्न चाहनेहरूको लागी प्रेम धेरै लाई अनौठो लाग्न सक्छ । १ करोड ५० लाखभन्दा बढी लगानी गरेर काठमाडौंको मुटु नयाँ बानेश्वर थापा गाँउँमा कथा भन्नेहरूको लागि कोठा, अरूको कथा लेख्नेहरूको लागि कोठा,आफ्नो कथा सुनाऊनेहरूको लागि कोठा, लेखन बिधामा formal class लिएर निखारिन चाहनेहरूको लागि course र त्यसको लागि छुट्टै कोठा, शान्त ठाऊँमा आएर लेख्न चाहनेहरूकौ लागि फेरि अर्को कोठा, हामीलाई कुनै किताब मन पर्यो र त्यो आफुलाई मन परेको लेखकसंग भलाकुसारी गर्न मन लाग्यो भने त्यो ब्यवस्था पनि हुने, त्यसको लागि अलि पर एउटा छुट्टै शान्त कोठा । Side मा फेरि well decorated beautiful cafe अनि संगै नाटकहरू देखाउने Theater Hall पनि !

यो full concept नेपालमा कसैले सोच्यो र implement पनि गर्यो ! उस्तै मान्छे यो सुनेर चकित हुँदैन त ?

साहित्यमा डेड करोडको लगानी ! कथा भन्ने हरूको लागि कोठा,अरूको कथा सुन्दै लेख्नेहरूको लागि कोठा, मन परेको लेखकहरूसंग interaction appointments available, थिएटर, क्याफे, लेखनमा निखारिन प्रशिक्षण, त्यो पनि काठमाडौं थापा गाँऊमा !

तर म चकित हुन्न । मैले कमल दाइलाई चिनेको छु । People do everything in Love and war. कसैले ताजमहल बनाए, कसैले रानी महल बनाए कमल दाइले लेखन कुन्ज बनाउनु भयो ।

उहाँको रोम रोममा बर्षौदेखि रहेको साहित्यप्रतिको प्रेमलाई सलाम !

यो धेरै organic material बाट बनाईएको, जताततै साहित्यकारहरूको तस्बिर राखिएको, पुस्तकै पुस्तकहरूले भरिएको, कोठा नै पिछ्छै करखानामा झै धमाधम कथा भन्ने र लेख्ने काम चलिरहेको लेखन कुन्ज अनि side मा रहेको त्यो सुन्दर क्याफे कुनै पेरिस, ईडिम्बर या बार्षिलोना मा भएको भए one of the good Tourist destination हुन्थ्यो होला । Kathmandu मा यसले कस्तो गति लिने हो त्यो त समयले बताउता । But, most of the time love wins, passion wins, dedication wins. सयौं पुस्तकहरू लेखिईसकिएको रहेछ । प्रकाशित भईसकेको रहेछ । पक्कै पनि राम्रो हुन्छ होला ।

लेख्नकुन्जमा हजारौं सुन्दर कथाहरू लेखिनु पर्छ, लेखिने पनि छन्- ‘To raise many good children and to fix many broken man.’

Go ahead Kamal dai

कमल दाइ २०७८ सालको अन्तिम दिन लेखनकुञ्जको कुञ्ज थिएटरमा चलिरहेको नाटक भवसागर हेर्न आइपुगेँ । यो संसारै भवसागर लाग्यो । म पनि भवसागरमा रुमल्लिएर अमेरिका पुगेँ । उतै बसेँ । आज मेरो बालसखा बिमल ढकाल र म नाटक हेर्न बिमलले भन्यो, भोलि (बैशाख १ गते) कमल दाईको बर्थ डे हो ।

नाटक सकिएपछि तपाईंलाई शुभकामना दिन खोजेँ, भेटिएन । कमल दाइ तपाईंलाई जन्मदिन र नयाँ बर्ष २०७९ सालको जोडी शुभकामना ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button