प्रेम थियाे, अधुराे रह्याे !
शेरबहादुर ढुङ्गाना
खाँदबारी, सङ्खुवासभा
विद्यालयका मिल्ने साथी हामी! हामी दुवैकाे नामकाे पहिलाे अक्षर मिले पनि प्यार जाेडिने प्रेम टुसाएकाे रहेनछ ! जागिरे आमा बाउकी छाेरी उनी कम्ता सुघ्घरी र राम्री थिइनन् !
विद्यालयकाे वार्षिकाेत्सवमा सरसफाईमा उनी प्रथम, विद्यालयमा सतप्रतिशत हाजिर हुनेमा म प्रथम भएर पुरस्कार थाप्दथ्याैं । किन हाे, उनीले राम्रा कपी दिएर मलाई सघाउँथिन् । कक्षाकाे अब्बल विध्यार्थी भएकाले गृह कार्य गर्न म सघाउँथें !
विद्यालयमा पढ्दै गर्दा उनीकाे रूपमा लठ्ठिने कक्षामा साथीहरू थिए लाग्छ, पछि भने पनि… ! अहिले पनि सुरेशजी, चाेलानाथ भाइसँग कुरा गर्दा हामी त साँच्चै साँच्चै विध्यार्थी मात्र रहेछाैं ! पछि उनकाे र हाम्राे जीवनकाे बाटाे माेडियाे । हामी जागिरमा लाग्यौं । उनलाई रूप र याैवनले लतारेर दाम्पत्य जीवनमा पुर्यायाे । सहरकाे बास भएछ !
सरकारी जागिरका क्रममा एउटा कार्यालयमा काम गरिरहेका बेला झ्यालमा उन्काे जस्तै अनुहार देखेर साेधें । हाे, उनी हाम्रै साथी अत्यन्त सहयाेगी, धनी साथी रहिछन् । मन कम्लायाे ! पल्लाे काेठामा गयाैं । केही बेर बिगत खाेतल्याैं । आपसमा एकार्दाकाकाे दाम्पत्य जीवन च्यायाैं । अब भने म उनीलाई पूरै उभिएर अपलक हेरिरहेकाे थिएँ ।
अगाडिबाट पातलाे केश राशीबाहेक कन्या/महिला ठान्नु पर्ने कुनै आकार प्रकार बाँकी देखिएन उनमा ! श्रीमान् एड्स राेगी भएकाले केही अघि निधन भएका रहेछन् । लाग्याे, दिउँसाेकाे समय, हामी दुवै खाजा खाउँ । खाजा खान प्रस्ताव गरें । त्यत्तिकैमा उनका साथीले घर जान सङ्केत गरे । बाँकी कुरा छाडेर गएकाे ‘नि केही दशक भयाे ।
प्रेम थियाे, अधुराे रह्याे !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)